अलपत्रै पारी छोडेर जानेलाई, किन कानुन छैन
अपराध गर्ने गुन्डा मार्नेलाई, किन कानुन छैन ।
यहाँ गाइको मासु खानेलाई कानुनले पक्री दिन्छ
म मान्छे हु मेरो मुटु खानेलाई , किन कानुन छैन ।।
---------------------------------------------------
न छ चियामा गुलियो न चिनी, वैराग भएर बसे
खै कसका लागि खुसीहरू किनी,वैराग भएर बसे ।
बा बिहे गर्छु नि भन्दा केही समय पर्खे भने
अचेल उ अर्कैको पोइल हिँडी, वैराग भएर बसे ।।
---------------------------------------------------
माया के हो थाहा छैन तँलाई, रुवाउने गर्छ
छोडी नि बेस्सरी मुटु जलाइ, रुवाउने गर्छ ।
भो सजाउँदिन अब तिम्रो तस्बिर च्यातेर फालिदिन्छु
बेला बेला सम्झना मा मलाई, रुवाउने गर्छ ।।
---------------------------------------------------
हेर्छु डाँडा हेर्छु खोला, यही चिन्ता लाग्छ
कस्तो यो मान्छेको चोला, यही चिन्ता लाग्छ ।
म सङ्गैका साथी भाइले बिहे गरी छोराछोरी खेलाउँछन्
मेरो बिहे कहिले होला, यही चिन्ता लाग्छ।।
---------------------------------------------------
भएको घर जमिन बिक्री, किन गरे होला
लाग्दै छ अचेल आफैलाई फिक्री, किन गरे होला ।
आखिर राहदानी च्यापेर विदेश जानै पर्नि रहिछ
ऋण गरी गरी मास्टर डिग्री ! किन गरे होला ।।