एनपिएल
पाेखरा र लुम्बिनी पहिलाे जीतकाे खाेजीमा, लुम्बिनी ब्याटिङमा
![पाेखरा र लुम्बिनी पहिलाे जीतकाे खाेजीमा, लुम्बिनी ब्याटिङमा](https://www.kakhara.com/uploads/posts/Pokhara-vs-lumbini-1733470221.jpg)
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को ११ औं खेलमा टस जितेर लुम्बिनी लायन्सले पोखराविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
लुम्बिनी र पोखरा दुवै टोली पहिलो जितको खोजीमा छन् । पोखराले लगातार दुई खेल हारिसककेो छ भने लुम्बिनी आफ्नो पहिलो खेलमा पराजित भएको थियो ।
यसअघि बिहान भएको खेलमा कर्णालीले चितवन राइनोजमाथि रोमाञ्चक जित निकालेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ १३:१५
प्रतिक्रिया दिनुहोस्