रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ का नवनिर्वाचित वडा अध्यक्ष मोतिराम खत्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । शुक्रबार सानीभेरी गाउँपालिकाको कार्यालयमा नवनिर्वाचित वडा अध्यक्ष खत्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । उहाँलाई गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले पद तथा गोपनीयताको सपथ खुवाउनु भएको हो ।
गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल समाजवादी पार्टीका तर्फबाट साझा उम्मेदवार खत्रीले नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतलाई पराजित गर्नुभएको थियो । कुल ११ सय ४६ मत खसेकोमा खत्रीले ५ सय ९० मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका बस्नेतले ५ सय ३७ मत प्राप्त गर्नुभएको थियो । खत्री ५३ मतान्तरले विजयी हुनुभएकाे थियाे ।
यहाँ यसअघि पनि नेपाली काँग्रेस नै विजयी भएको थियो । २०७९ सालमा भएको स्थानीय तहको चुनावमा नेपाली काँग्रेसका अलबहादुर कुसारी विजयी हुनुभएको थियो । उहाँको निधन भएपछि भएको उप निर्वाचनमा उहाँका सहोदर भाइ मोतीराम वडाध्यक्षमा विजयी हुनुभएको हाे ।