Kakhara सबैको खबर सम्पूर्ण खबर
एनपिएलमा पाेखराका गाैसकाे पहिलाे शतक, लुम्बिनी विरुद्ध पाेखराकाे १० विकेटकाे जीत

आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

गौस र दिनर्श खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो । गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा गर्‍यो ।

पोखरामा एनपीएलमा १० विकेटको जित हात पार्ने पहिलो टिम बन्यो । यो सहित पोखराले जितमा विभिन्न कीर्तिमान बनायो । जसमा गौसको पहिलो शतक समेत रह्यो । एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने उनी ।

१६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मदतमा शतक बनाएका हुन् । गौसले ५५ बल खेल्दै अविजित १०४ रन जोडे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update