महिला मावन अधिकार रक्षक सञ्जाल रुकुम पश्चिमको ११ औं साधारण सभा तथा ९ औं अधिवेशन सम्पन्न भएको छ । आज मुसिकोट खलंगामा भएको साधारण सभा तथा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । साधारण सभाले ब्यूँझना पुन देवकोटाको अध्यक्षतामा एक जनापछि थप्नेगरी २१ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ ।
जसको उपाध्यक्षमा खिमा डाँगी, सचिवमा निर्मला विष्ट, सह सचिवमा सुमिनाकुमारी घर्ती र कोषाध्यक्षमा हुकुमकुमारी केसी चयन हुनुभएको छ । सदस्यहरुमा गोमा नेपाली, झरणा विक, माया बोहरा, मनकुमारी पुन, राधिका भण्डारी, बसन्ती परियार, बन्दना खड्का, प्रेमा शाही चयन हुनुभएको छ ।
त्यस्तै सदस्यमा कल्पना घर्ती, सृजना पुन, मंगली खत्री, लक्ष्मी केसी, कमला खड्का मनिषा केसी र भावना शर्मा चयन हुनुभएको छ । सर्वसमत नयाँ कार्यसमति निर्माण गरिएको महिला मावन अधिकार रक्षक सञ्जाल रुकुम पश्चिमको जनाएको छ ।