Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघ कास्की बिच व्यावसायिक हितका विषयमा छलफल

रुकुम उद्योग वाणिज्य संघ रुकुम पश्चिम र पोखराको लेखनाथ उद्योग वाणिज्य संघ कास्की बिच छलफल भएको छ । दुई उद्योग वाणिज्य संघ बिच भेटघाट, परिचय तथा आपसी सहकार्यका विषयमा छलफल भएको हो ।

रुकुम उद्योग वाणिज्य संघकाे टोलीलाई लेखनाथ उद्योग वाणिज्य संघले संघकाे कार्यालयमा स्वागत गरेको थियो । त्यस क्रममा दुई संघका बिचमा अनुभव आदानप्रदान र उद्योगी व्यवसायीका हितका लागि सहकार्य गर्ने विषयमा छलफल भएको रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो ।

समस्या, सम्भावना र अवसरका विषयमा छलफल भएको उहाँले बताउनुभयो । रुकुम र कास्कीलाई जोड्ने गरी के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उहाँको भनाई छ । मध्यपहाडी लाेकमार्गले रुकुम र कास्कीलाई सहज बनाएकोले रुकुमको उत्पादन कास्की र कास्कीको उत्पादनलाई रुकुममा पुर्‍याउने विषयमा समेत छलफल भएको बताइएको छ ।

विशेष गरी रुकुमको फलफूल, तरकारी, दूध, पशुपंक्षी लगायतका कृषि उपज पोखराको बजारसम्म पुर्‍याउन सके रुकुमका उद्योगीको आयस्रोतमा सुधार आउने भएकोले त्यसको प्रयास स्वरूप छलफल भएको उहाँको भनाई छ ।

IMG-20241208-WA0083-1733637392.jpg
साथै सिकाई आदान प्रदान गरेर संघलाई बलियो बनाउने विषयमा पनि दुई संघका बिचमा छलफल भएको थियो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले रुकुम उद्योग वाणिज्य संघ सँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उद्योगी व्यवसायीको हितका लागि संघ बलियो हुनुपर्ने उहाँको भनाई छ ।

रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का, उपाध्यक्ष रवीन्द्र विष्ट, सचिव रमेश खड्का, सदस्य जनक विक, प्रेस सल्लाहकार मनिष खड्कालाई लेखनाथ उद्योग वाणिज्य संघले स्वागत गरेको थियो । साथै टोलीले लेखनाथ उद्योग वाणिज्य संघ र पाेखरा महानगरपालिकाले सञ्चालन गरिरहेकाे कृषि उपज संकलन केन्द्रको अवलोकन समेत गरेको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update