रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिकामा वडा नम्बर ४ मा रहेको वीरेन्द्र माविले पाँचौँ राष्ट्रपति रनिङ शिल्ड जितेको छ । सोही विद्यालयको प्राङ्गणमा तीन सम्म सञ्चालन भएको पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्डमा २० स्वर्ण, पाँच रजत र तीन कांस्य सहित २८ पदक प्राप्त गरेर वीरेन्द्र मावि प्रथम भएको हो ।
यो सँगै वीरेन्द्र माविले पालिका स्तरीय तीन वटा शिल्ड जितेको छ । तेस्रो, चौथो, पाँचौँ राष्ट्रपति रनिङ शिल्ड लगातार आफ्नो पक्षमा परेको हो । पाँचौँ राष्ट्रपति रनिङ जितेसँगै वीरेन्द्र माविले पालिका स्तरीय राष्ट्रपति रनिङ कब्जा गरेको छ । अब गाउँपालिकाले अर्काे वर्ष नयाँ शिल्ड बनाउने छ ।
दोस्रो भएको ६ नम्बर स्थित सिद्धार्थ मावि मग्माले चार स्वर्ण, दश रजत र पाँच कांस्य सहित १९ पदक तथा तीन स्वर्ण, चार रजत, र तीन कांस्य सहित दश पदक जितेर ७ नम्बर वडामा रहेको नेपाल राष्ट्रिय मावि तेस्रो भएको छ।
शिल्डमा पालिका भित्रका १० वटा सामुदायिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत वीरेन्द्र प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । शिल्ड मङ्सिर २१ गते देखि सुरु भएको थियो ।
शिल्डमा छात्र, छात्रा भलिबल, छात्र, छात्रा, हाई जम्प, लङ जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट तथा दौड तर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटरको छात्र, छात्र दौड लगायतका प्रतियोगिता सञ्चालन भएका थिए। एक कार्यक्रमका बिच आइतबार पाँचौँ राष्ट्रपति रनिङ शिल्ड को समापन गरिएको हो ।