Kakhara सबैको खबर सम्पूर्ण खबर
अचार तथा सिन्की बनाउने तालिम संचालन गर्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले अचार तथा सिन्की बनाउने तालिम संचालन गर्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सिपसँग सहयोग कार्यक्रम अन्तर्गत अचार तथा सिन्की  बनाउने तालिम संचालन गर्न लागेको हो । १५ दिने अचार तथा सिन्की बनाउने तालिमको लागि १५ दिने सूचना मार्फत सबैलाई जानकारी बनाएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका सूचना अधिकारी शेबहादुर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला भित्रका इच्छुक नेपाली नागरिकहरुले मंसिरमसान्तसम्म नागरिकताको प्रतिलिपी सहित निवेदन दिन पाउँछन् । प्रत्येक पालिकाबाट २/२ जना गरेर १२ जना प्रशिक्षार्थीहरुलाई तालिम दिइने उहाँले जानकारी दिनुभयो । तालिममा सहभागि हुनको लागि नेपाली नागरिक, सामान्य लेखपढ गर्न सक्ने, १६ वर्ष उमेर पुगि ५० वर्ष ननाघेका,  उद्योग व्यवसाय गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । 

तालिममा सहभागि प्रशिक्षार्थीलाई तालिम अवधिभर निशुल्क खाना, खाजा नास्ता र बासको  व्यवस्था छ । भने उद्योग दर्ता गर्दा लाग्ने दस्तुर कार्यालयले भुक्तानि गरिदिने सूचना अधिकारी ‍ओलीले जानकारी दिनुभयो । त्यस्तै तालिम पश्चात प्रत्येक प्रशिक्षार्थिलाई ६० हजार रुपैयाँ बराबरको मेसिनरि औजार, सामग्री तथा कच्चा पदार्थ उपलब्ध गराइने छ ।

 लक्षित वर्गको हकमा लागत सहभागिता ३० प्रतिशत र अन्य वर्गको हकमा लागत सहभागिता ५० प्रतिशत सहभािगले बेहोर्नुपर्ने छ । तालिमको लागि प्रदेश सरकारबाट १५ लाख रुपैयाँ बजेट प्राप्त भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update