यही मंसिर २८ गते दशैभर हुने पत्रकार महासंघको निर्वाचनको कार्यतालिका अनुसार रुकुम पश्चिममा पनि उम्मेदवारी दर्ता भएको छ । रुकुम पश्चिम शाखाको अध्यक्षमा चार, उपाध्यक्षमा तीन र सचिव पदका लागि दुई जनाको उम्मेवारी दर्ता भएको भएको हो । अध्यक्षमा प्रेस सेन्टरबाट गोपालप्रसाद रेग्मी, प्रेस यूनियनबाट प्रविर ददेल, समाजवादी प्रेस संगठनबाट अमरराज पुनले उम्मेदवारी गर्दा स्वतन्त्रबाट नारायण ओलीको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत अधिवक्ता अमरबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपाध्यक्षमा प्रेस सेन्टरबाट देवकुमार ओली, समाजवादी प्रेस संगठनबाट भरत चन्द र प्रेस युनियनबाट दिवेश पोखरेलको उम्मेदवारी परेको हो । त्यस्तै सचिवमा प्रेस सेन्टरबाट दिपेन्द्र महतारा र प्रेस चौतारीबाट परिचन्द्र खत्रीको उम्मेदवारी परेको निर्वाचन अधिकृत अधिवक्ता ओलीले जानकारी दिनुभयो ।
त्यस्तै महिला उपाध्यक्षमा प्रेस यूनियनकी सुमित्रा केसी, प्रेस सेन्टरबाट सहसचिवमा प्रचण्ड खत्री, सह-सचिव समावेशीमा प्रेस युनियनकी छिमा केसी, कोषाध्यक्षमा प्रेस सेन्टरबाट सन्देश जैसी निर्विरोध निवार्चित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै प्रेस चौतारीबाट गनेश विक चिन्तन केन्द्रिय परिषद सदस्य र समाजवादी प्रेस संगठनबाट क्षितिज विश्वकर्मा दलित सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको हो । अन्य सदस्यहरुमा भने उम्मेदवारी नपरेकाे निर्वाचन समितिले जनाएकाे छ ।
उम्मेदवार उपर दावि विरोध, उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामवली प्रकाशन मंसिर २७ गते भोली गर्ने कार्यतालिका रहेको छ । मतदान भने मंसिर २८ गते १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ ।