रुकुमेली समाज विकास केन्द्रको जिल्ला परियोजना सल्लाहकार बैठक सम्पन्न भएको छ । बुधबार मुसिकोट खलंगा आयोजना गरिएको परियोजना सल्लाहकार बैठकमा संस्थाले गरेका गतिविधीको प्रस्तुती सहित संस्थाको उदेश्यको बारेमा जानकारी बनाउँदै बैठक सम्पन्न भएको हो । वान हार्टवल्डवाइडको आर्थिक सहयोग तथा रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित परियोजना मार्फत आर्थिक वर्ष २०८०/०८१ मा संस्थाले गरेका कार्यक्रम तथा परियोजनाको बार्षिक प्रगति प्रतिवेदन परियोजना संयोजक मदन खड्काले प्रस्तुत गर्नुभएको थियो ।
वान हार्टवल्ड वाइडको आर्थिक सहयोग तथा रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित परियोजना मार्फत संस्थाले स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजातशिशु स्वास्थ्य सेवा सृदृढीकरण परियोजना मार्फत जिल्लामा काम गरिहेको छ । संस्थाले जिल्लामा प्रस्तुती भवन निर्माण, स्वास्थ्य सामग्री वितरण तथा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि लगायतका काम गर्दै आएको परियोजना संयोजक खड्काले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिको छ ।
परियोजनाले आर्थिक वर्ष २०८००१ मा स्थानीय सरकार सँगको साझेदारीमा आठविसकोट नगरपालिका ४ गोतामकोटमा २४ लाख ६४ हजार रुपैयाँ तथा त्रिवेणी गाउँपालिका ६ मुरु स्वास्थ्य चौकीमा १७ लाख ४२ हजार ६०२ रुपैयाँ खर्च गरेर प्रस्तुती भवन निर्माण गरेको जनाएको छ । त्यस्तै स्थानीय तहमा कार्यरत ११ जना नर्सिङ कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । त्यसैगरी आठविसकोट र चौरजहारी नगरपालिका तथा बाँफिकोट र सानीभेरी गाउँपालिकामा स्वास्थ्य चौकीमा आवश्यक पर्ने सामग्री रेडियन्ट वारमर, डेलिभरी बेड, इमर्जेन्सी ट्रली, अक्सिजन सिलेन्डर लगायतका करिव ८ लाख २ हजार ८२ रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको संस्थाले जनाएको छ । आगामी वर्षमा पनि संस्थाले स्वास्थ्य चौकी निर्माण, तथा स्वास्थ्य चौकीलाई आवश्यक पर्ने सामग्री सहयोग गर्ने योजना बनाएको छ ।
जिल्ला परियोजना सल्लाहकार बैठकमा युनिसेफको आर्थिक सहयोगमा संचालित स्वच्छता तथा शिक्षा क्षेत्रमा संस्थाले गरिरहेका क्रियाकलापको बारेमा पनि रुकुमेली समाज विकास केन्द्रका कार्यक्रम व्यवस्थापक बमबहादुर खडकले प्रस्तुती राख्नुभएको थियो । रुकुमेली समाज विकास केन्द्रबाट संचालित परियोजनाले जिल्लामा भूकम्प प्रभावित क्षेत्र लगायत स्वास्थ्य क्षेत्रमा राम्रो काम गरिरहेको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देवबहादुर विकले बताउनु भएको थियो । गैर सरकारी संस्थाले गर्ने राम्रा कामको समन्वयको तर्फबाट सधै साथ रहने र सवै मिलेर जिल्लालाई समृद्ध बनाउने तर्फ लाग्र्नुुपर्ने उहाँको भनाई थियो ।
त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले पनि गैरसरकारी संस्थाले गर्ने विभिन्न गतिविधीको प्रसंशा गर्दै प्रशासनको तर्फबाट हुने सहयोगमा कुनै कमि नहुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । अन्य सहभागिहरुले पनि रुकुमेली समाज विकास केन्द्रले जिल्लामा स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको उल्लेख गर्दै यस्ता खालका गतिविधी निरन्तर गर्न सुझाव दिएका थिए ।
समन्वय कार्यबहाक प्रमुख विकको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रेग्मी, स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर महेश चौलागाई, जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थित रहेका थियो । वान हार्ट वाल्डवाइडका जिल्ला संयोजक लोकमणी गिरीले स्वागत मन्तव्य तथा उदेश्यको बारेमा जानकारी बनाउनुभएको कार्यक्रमकोे संचालन रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले गर्नुभएको थियो ।