Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकार महासघं रुकुम पूर्वको अध्यक्ष पदकाे लागि तीन जनाको उम्मेदवारी
फाइल फाेटाे ।

मंङसिर २८ गते देशभर हुन लागेको पत्रकार महासंघ निर्वाचनको कार्यतालिका अनुसार रुकुम पूर्वमा पनि उम्मेदवारी दर्ता भएको छ । शाखाको अध्यक्षमा तीन, खुला उपाध्यक्षमा दुई र महिला उपाध्यक्षमा एक, सचिवमा एक र कोषाध्यक्षमा एक जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै खुला सह-सचिबमा दुई तथा समावेशी सह सचिबमा दुई जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत अधिवक्ता तिव्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष पदमा बसन्त बाँठा, मैत्या घर्ती र सर्जना कार्कीको उम्मेदावारी परेकाे छ ।  खुला उपाध्यक्षमा उर्मिला गौतम, बालाराम शेर्पाली तथा महिला उपाध्यक्षमा जमुना गौतमको उम्मेदवारी दर्ता भएको हो । निराजन शेर्पालीले सचिब तथा साबित्रा खत्रीले कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएकाे छ । 

त्यसैगरी चेतकुमार बिसी र बिरस थापा खुला सह-सचिब तथा समाबेशी सह -सचिबमा दिलचन पुन र बरम बुढाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।  लोकप्रसाद बुढाथोकी, बिकास बुढा मगर, श्रीधर खड्का, र सामना घर्तीको खुला सदस्यमा उम्मेदवारी दर्ता भएको छ। भने जनजाती सदस्यमा बिरप्रताब बुढा तथा दलित सदस्यमा शिखर विश्वकर्माको उम्मेदवारी दर्ता भएको हो । 

महिला सदस्य हिरा बुढामगर, केन्द्रीय परिषद सदस्य बसम मल्ल तथा लिङ्कन गौतमको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जानकारी दिएको छ । उम्मेदवारी उपर दावि विरोध, उम्मेदवारी नाम फिर्ता तथा अन्तिम नामवली प्रकाशन मंङसिर २७ गते गर्ने कार्यतालिका रहेको छ । भने मतदान मंङसिर २८ गते  विहान १० बजेदेखि साँझ ४ बजेसम्मकाे समय रहेकाे छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update