![कुनाखेत मेलामा खुला पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने](https://www.kakhara.com/uploads/posts/badminton-game_Uffo7pzcF6.-1733491220.jpg)
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा परम्परा देखि लाग्दै आएको कुनाखेत मेलामा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मेलाको अवसरमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियेगिता मंङसिर २९ र ३० गते सञ्चालन हुने छ । ब्याडमिन्टन प्रतियोगितामा विजेता हुने जोडीले नगद २० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र, उपविजेता हुने जोडीले नगद १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाइलन पुगेका दुई जोडीलाई समान पाँच/पाँच हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने खेल संयोजक डिलबहादुर नाथले जानकारी दिनुभयोे ।
मेलामा खुला शुद्ध वडास्तरिय महिला पुरुष भलिवल सहित सांस्कृतिक कार्यक्रहरु पनि आयोजना गरिएको गरिएको छ । आजबाट सुरु भएको मेला पुष १ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।