Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकार महासंघ निर्वाचन :  तीन पदका लागि आठ जना चुनावी मैदानमा 
फाइल फाेटाे ।

यही मंसिर २८ गते भोली देशैभर हुने पत्रकार महासंघको निर्वाचनमा रुकुम पश्चिममा पनि पत्रकारहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । मतदाता सँग भेटघाट तथा छलफलमा उम्मेदवारहरु व्यस्त देखिएका हुन् । शाखाको विभिन्न ३ पदका लागि ८ जना चुनावी मैदानमा छन् । शाखाको अध्यक्षमा तीन, खुला उपाध्यक्षमा तीन र सचिवमा २ गरेर ८ जना चुनावी  प्रतिस्पर्धामा छन् । 

अध्यक्ष पदका लागि प्रेस सेन्टरबाट गोपालप्रसाद रेग्मी, प्रेस यूनियनबाट प्रविर ददेल र समाजवादी प्रेस संठगनबाट अमरराज पुनको अन्तिम नामावलीमा निर्वाचन समितिले नाम प्रकाशन गरेको छ । अध्यक्ष पदमा उम्मेदवार दिनुभएका नारायण ओलीले भने उम्मेदवारी फिर्ता लिएको निर्चाचन समितिले जनाएको छ । त्यस्तै उपाध्यक्ष  पदका लागि प्रेस सेन्टरबाट देवकुमार ओली, प्रेस यूनियनबाट दिवेश पोखरेल र प्रेस समाजवादी  संगठनबाट भरत चन्द चुनावी मैदानमा हाेमिनु भएकाे छ । 

सचिवमा प्रेस सेन्टरबाट दिपेन्द्र महतारा र प्रेस चौतारीबाट परिचन्द्र खत्री चुनावी मैदान हनुहुन्छ । महिला उपाध्यक्षमा प्रेस युनियनबाट सुमित्रा केसी, सह- सचिव खुलामा प्रेस सेन्टरबाट प्रचण्ड खत्री र  सह-सचिव समावेशीबाट प्रेस यूनियनबाट छिमा केसी, कोषाध्यक्षमा प्रेस सेन्टरबाट सन्देश जैसी निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य अधिवक्ता अमरबहादुर ओलीले जानकारी दिनुभयो ।

त्यस्तै दलित सदस्यमा समाजवादी प्रेस संगठनबाट क्षितिज विश्वकर्मा र प्रेस चौतारीबाट केन्द्रिय परिषद सदस्यमा गनेश विक  चिन्तन निर्विरोध निर्वाचित हुनुभएको हो । महिला सदस्य, आदिवासी जनजाति सदस्य, खुला सदस्य, अन्य सदस्य, प्रदेश परिषद सदस्य र प्रदेश समावेशी सदस्यमा गरी छ पदमा कुनै पनि उम्मेदवारी परेको छैन् । मतदान भोली विहान १० बजेदेखि साँझ ४ बजेसम्म संचालन हुने कार्यतालिका रहेको छ । 

अन्तिम नामावली प्रकाशन । 

462568199_897961532472396_1214068788533107591_n-1734001463.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update