रुकुम पश्चिममा पनि नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । दिउँसो साढे १२ बजेबाट जिल्ला समन्वय समितिको प्राङगनमा मतदान सुरु भएको हो । विहान १० बजेबाट मतदान प्रक्रिया सुरु हुने भनिए पनि केही समय ढिला गरी मतदान सुरु भएको हो । अहिले मतदान जारी रहेको निर्वाचन समितिका सदस्य अधिवक्ता अमरबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार साढे १ बजेसम्म १५ मत खसेको छ । जिल्लामा पत्रकार मतदाता ६१ रहेका छन् । जिल्लामा शाखाको अध्यक्ष, खुला उपाध्यक्ष र सचिव पदको लागि निर्वाचन भइरहेको छ । महासङ्घ अन्तर्गत केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र प्रतिष्ठान शाखाको कार्यसमिति चयनका लागि देशभर निर्वाचन निर्वाचन जारी छ ।
जिल्ला अध्यक्ष पदका लागि प्रेस सन्टरबाट गोपालप्रसाद रेग्मी, प्रेस यूनियनबाट प्रविर ददेल र प्रेस समाजवादी संगठनबाट अमरराज पुन चुनावी मैदानमा हुनुहन्छ । भने खुल्ला उपाध्यक्षमा प्रेस सेन्टरबाट देवकुमार ओली, प्रेस यूनियनबाट दिवेश पोखरेल र प्रेस समाजवादी संगठनबाट भरत चन्दले प्रतिस्पर्धा गर्दा सचिव पदको लागि प्रेस सेन्टरबाट दिपेन्द्र महतारा र प्रेस चौतारीबाट परिचन्द्र खत्री उम्मेदवार हुनुहुन्छ ।