Kakhara सबैको खबर सम्पूर्ण खबर
विराटनगरले चितवनलाई दियाे १८२ रनकाे टार्गेट

बसिर अहमदले अर्धशतक बनाएपछि विराटनगर किंग्सले नपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको हो ।

एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन जोडे । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन बनाए । मार्टिन गप्टिलले ४५ रन बनाए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update