नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको मतदान सम्पन्न भएको छ । शुक्रबार नयाँ नेतृत्व चयनका लागि जिल्ला समन्वय समितिको प्राङ्गणमामा भएको मतदान साँझ ५ बजे सकिएको हो । तोकिएको समय अवधिमा ७२ं दशमलव ३ प्रतिशत अर्थात ४४ मत खसेको निर्वाचन समिति सदस्य अधिवक्ता अमरबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँ अनुसार मतदान सम्पन्न पश्चात जिल्ला समन्वयको प्राङ्गणमामा मत गणनाको काम सुरु भएको छ । केही विवाद नभए जिल्ला शाखाको मत परिमाण आधा घण्टामा आइसक्ने निर्वाचन समिति सदस्य अधिवक्ता ओलीले जानकारी दिनुभयो । जिल्ला शाखाको लागि अध्यक्ष, खुला उपाध्यक्ष र सचिवमा निर्वाचन भएको थियो ।
जिल्ला अध्यक्ष पदका लागि प्रेस सेन्टरबाट गोपालप्रसाद रेग्मी, प्रेस यूनियनबाट प्रविर ददेल र प्रेस समाजवादी संगठनबाट अमरराज पुन चुनावी मैदानमा हुनुहन्छ । त्यस्तै खुल्ला उपाध्यक्षमा प्रेस सेन्टरबाट देवकुमार ओली, प्रेस यूनियनबाट दिवेश पोखरेल र प्रेस समाजवादी संगठनबाट भरत चन्दले प्रतिस्पर्धा गर्दा सचिव पदको लागि प्रेस सेन्टरबाट दिपेन्द्र महतारा र प्रेस चौतारीबाट परिचन्द्र खत्री उम्मेदवार हुनुहुन्छ ।