Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकार महासंघ चुनावः रुकुम पश्चिममा प्रेस सेन्टरको प्यानल नै विजयी

नेपाल पत्रकार महासंघ रुकम पश्चिमको अध्यक्षमा गोपाल रेग्मी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट प्रेस सेन्टरको रेग्मी नेतृत्वको प्यानल नै विजयी भएको हो । कुल ४४ मत खसेकोमा रेग्मीले २३ मत प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्धन्दि प्रेस युनियनका प्रविर ददेलले १६ मत प्राप्त गर्नुभयो भने समाजवादी प्रेस संगठनका अमरराज पुनले ५ मत पाउनुभयो ।

उपाध्यक्षमा प्रेस सेन्टरकै देवकुमार ओली २४ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दि प्रेस युनियनका विवश पोखरेलले १५ र समाजवादी प्रेस संगठनका भरत चन्दले ४ मत पाउनुभयो । सचिवमा पनि प्रेस सेन्टरकै दिपेन्द्र महताराले २६ मत सहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दि प्रेस चौतारीका परिचन्द्र खत्रीले १७ मत ल्याउनुभयो । महासंघको चुनावमा प्रेस युनियन र प्रेस चौतारीले तालमेल गरेका थिए भने प्रेस सेन्टर र समाजवादी प्रेस संगठन एकल चुनावी प्रतिस्पर्धामा थिए ।

कुल साधारण सदस्य ६१ जना रहेकामा ४४ मत खसेको थियो भने १ मत बदर भएको थियो । महिला उपाध्यक्ष सुमित्रा केसी, खुला सहसचिव प्रचण्ड केसी, समावेशी सह सचिव छिमा केसी  र कोषाध्यक्षमा सन्देश जैसी र दलित सदस्यमा क्षितिज विश्वकर्मा यस अघि नै निर्विरोध भइसकेका छन् । अहिले प्रदेश र संघको मत गणना चलिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

patrakar-pahasangh-1734091640.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update