Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १ का कोरोना संक्रमितको मृत्यु 

रुकुम पश्चिममा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका १ का ४८ वर्षिय पुरुषको जिल्ला अस्पतालको आईसोलेसनमा मृत्यु भएको हो । वैशाख २४ गते आईसोलेसनमा भर्ना भएका उनको आज दिउँशो साढे ३ बजेतिर मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यो संगै जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १२ पुगेको छ । जसमा ५ जना महिला रहेका छन् भने ७ जना पुरुष रहेको स्वास्थ्य सेवा कार्यालका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update