रुकुम पश्चिममा नेपाल विद्यालय खेलकुद सङ्घ गठन गरिएको छ । जिल्लामा पहिलो पटक सङ्घ गठन गरिएको हो । खडकबहादुर कुँवरको अध्यक्षतामा ७ सदस्यीय नेपाल विद्यालय खेलकुद सङ्घ गठन गरिएको हो । जसको उपाध्यक्षमा नरबहादुर ओली, सचिवमा विमलकुमार शर्मा र कोषाध्यक्षमा हरिभक्त भण्डारी रहनुभएको छ ।
सदस्यहरूमा खडक पुन, गणेश केसी र टोपबहादुर हमाल रहनुभएको छ । सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरिएको बताइएको छ । जिल्ला खेलकुद विकास समितिको रोहबर, नेपाल विद्यालय खेलकुद महासङ्घका प्रतिनिधि खडकबहादुर कुँवरको उपस्थिति, एन प्याब्सन र खेलकुद प्रेमीहरूलाई समेटी संघ गठन गरिएको हो । सङ्घले विद्यालय स्तरमा खेलकुदको विकासका लागि पहल गर्ने छ ।
यसैबिच केन्द्रीय प्रतिनिधि समेत छनोट गरिएको छ । जिल्ला अध्यक्ष खडक कुँवर, सचिव विमलकुमार शर्मा र कोषाध्यक्ष हरिभक्त भण्डारीलाई केन्द्रीय प्रतिनिधिका रूपमा छनोट गरिएको नेपाल विद्यालय खेलकुद सङ्घ रुकुम पश्चिमले जनाएको छ ।