Kakhara सबैको खबर सम्पूर्ण खबर
दाेस्राे लहर सुरू भएपछि रुकुम पूर्वका ४९ जनामा कोरोना संक्रमण 

रुकुम पूर्वमा नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको दोस्रो लहर सुरु भएपछि ४९ जनामा संक्रमण देखिएको छ । दोस्रो लहरको संक्रमण फैलिएपछि हालसम्म गरिएको परीक्षणबाट जिल्ला भरमा ४९ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म १ सय ७२ जनामा एन्टीजेन किट मार्फत कोरोना जाँच गरिएको छ । ६१ जना महिला र १ सय ११ जना पुरुष गरी १ सय ७२ जनामा कोरोना जाँच भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसबाट २२ जना महिला र २७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

कार्यालयका अनुसार सिस्ने गाउपालिकामा सबैभन्दा बढी १ सय ३७ जनामा जाँच गरिएकोमा ४४ जनामा कोरोना भाईरस देखिएको हो । भुमे गाउपालिकामा १८ जनामा जाँच गर्दा २ जना पुरुष तथा पुथाउत्तरगंगा गाउँपालिकामा १७ जनाको जाँच गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिनुभयो । 

संक्रमित मध्य हालसम्म रुकुम पुर्व जिल्ला अस्पतालमा १४ भर्ना भएका थिए । जसमध्य ६ जनालाई डिस्चार्ज गरिएको छ । भने २ जनालाई अन्यत्र रिफर गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा ६ जनाको उपचार भइरहेको छ । 

एन्टीजेन किट अभाव 
यसैविच जिल्लामा किट अभाव भएको छ । लुम्बिनी प्रदेशले पठाएका एन्टीजेन सकिएपछि जिल्लामा किट अभाव भएको हो । किट नभएका कारण आज जिल्लामा कोरोना परीक्षण हुन सकेन् । त्यस्तै किट अभाव भएपछि यूनाईटेड नेपाल रुकुम पूर्वले १ सय थान किट सहयोग गरेको छ ।  किट प्राप्त भएपछि भोली देखि नियमित चेकजाँच सुरु गरिने जिल्ला अस्पतालले जनाएको छ ।

यूएमएनले किटका साथै पिपिई सेट लगाएत स्वास्थ्य सामग्री पनि सहयोग गरेको छ । यसका साथै सिस्ने गाउँपालिकाले एन्टीजेन किटको व्यवस्थापन भइरहेको जनाएको छ । आजै साँझसम्ममा किट आईपुग्ने र परीक्षण सहज बन्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update