Kakhara सबैको खबर सम्पूर्ण खबर
यूएमएनद्धारा रुकुम पूर्वमा १ सय एन्टीजेन किट सहयोग
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै ।

यूएमएन रुकुम पूर्व कलस्टरले अस्पताल रुकुम पूर्वलाई १ सय वटा एन्टीजेन किट सहयोग गरेको छ । जिल्लामा किट अभावमा कोरोना परीक्षण ठप्प भएको बेलामा यूएमएनले एन्टीजेन किट सहयोग गरेको हो । अस्पतालमा किट उपलब्ध भएसँगै अब पूनः कोरोना परीक्षण सुरु गरिने अस्पतालले जनाएको छ । 

यसका साथै अस्पताल सहित कोरोना महामारीको बेलामा अग्रपंक्तिमा रहेर काम गरिरहेका जिल्ला प्रशासन, प्रहरी र पत्रकार एवं सञ्चारकर्मीलाई पनि स्वास्थ्य सामग्री सहयोग गरिएको यूएमएनका सक्षम परीयोजना व्यवस्थापक हेमन्त राईले जानकारी दिनुभयो । अस्पताललाई एक सय वटा एन्टीजेन किटसँगै पिपिई सेट ४० वटा, ५ सय मिलिलिटरका ४ बोतल र ५ लिटरको एक जर्किन सेनिटाइजर र स्टरलाइज सर्जिकल ग्लोब्स १ बक्स सहयोग गरिएको राईले बताउनुभयो । 

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयलाई १० सेट पिपिई, १५ प्याकेट सर्जिकल मास्क, पाँच सय मिलिलिटरका १२ र ५ लिटरको एक जर्किन सेनिटाइजर, स्टरलाइज र डिस्पोजल ग्लोब्स एक÷एक बक्स सहयोग गरिएको छ । यस्तै जिल्लास्थित सञ्चारकर्मीलाई ६ प्याकेट सर्जिकल मास्क, डिस्पोजल ग्लोब्स एक बक्स र पाँच सय मिलिलिटरका ६ बोतल सेनिटाइजर सहयोग गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालयलाई ४ प्याकेट सर्जिकल मास्क, पाँच सय मिलिलिटरका ३ बोतल र ५ लिटरको एक जर्किन सेनिटाइजर सहयोग गरिएको राईले बताउनुभयो ।

सबै कार्यालयमा पुगेर यूएमएनका टोली प्रमुख रमेश थीङले ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । जिल्लामा तत्काल देखिएको समस्यालाई समाधान गर्नको लागि कार्यालयको तर्फबाट यी स्वास्थ्यका सामग्री सहयोग गरेको टोली प्रमुख थिङले बताउनुभयो । आगामी दिनमा पनि यस्तो खालको सहयोग र समन्वय जारी रहने उहाँको भनाई छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update