Kakhara सबैको खबर सम्पूर्ण खबर
कुनाखेत घटना: घर्तीको हत्या भएको आशङ्का, अनुसन्धानको लागि तालिम प्राप्त कुकुर ल्याइँदै
फाइल फाेटाे ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ कुनाखेत नजिकै सानीभेरी नदी किनारमा भेटिएको शवको अनुसन्धानको लागि तालिम प्राप्त कुकुर ल्याउन लागिएको छ । थप अनुसन्धानको लागि तालिम प्राप्त कुकुर ल्याउन लागिएको छ । घटना शङ्कास्पद देखिएपछि केनाइन शाखा प्रहरी प्रदेश कार्यालय सुर्खेतबाट तालिम प्राप्त कुकुर ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक सूचना अधिकारी ऋषि पाठकले जानकारी दिनुभयो ।

कुनाखेत मेला हेर्न गएका रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ५ हुकामका ४७ वर्षीय लीलाबहादुर घर्तीको सोमबार दिउँसो १ बजे सानीभेरी नदी किनारमा शव भेटिएको थियो । घर्तीको हत्या गरिएको आशङ्कामा प्रहरीले अनुसन्धानकाे लागि तालिम प्राप्त कुकुर  ल्याउन लागेको हो । दिउँसो १२ बजे सम्म तालिम प्राप्त  कुकुर घटनास्थल आइपुग्ने बताइएको छ । अहिले घर्तीको शव सानीभेरी भेरी नदी किनारामै  छ  ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update