हत्या
कुनाखेत घटना: तालिम प्राप्त कुकुरबाट अनुसन्धान सुरु
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ कुनाखेतमा सोमबार दिउँसो भएको घटनाको तालिम प्राप्त कुकुरबाट अनुसन्धान सुरु गरिएको छ । मेला हेर्न गएका रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ५ का लीलाबहादुर घर्तीको हिजो सोमबार कुनाखेत नजिकै सानीभेरी नदी किनारामा शव फेला परेको थियो ।
घटना शङ्कास्पद देखिएपछि मङ्गलवार केनाइन शाखा प्रहरी प्रदेश कार्यालय सुर्खेतबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेकाले थप अनुसन्धानबाट खुल्ने उहाँको भनाई छ ।
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१ १२:२५
प्रतिक्रिया दिनुहोस्