Kakhara सबैको खबर सम्पूर्ण खबर
मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड  शितल मावि चौरजहारीले जित्यो

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आठौँ मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड चौरजहारी नगरपालिका वडा नम्बर २ मा रहेको शीतल माध्यमिक विद्यालयले चौरजहारीले हात पारेको  छ । सोमबार सम्पन्न शिल्डमा ९ वटा आधारभूत तथा माध्यमिक विद्यालयलाई पछि पार्दै शीतल माविले आठौँ मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड हात पारेको हो । मेयर कप तथा राष्ट्रपति रनिङ शिल्डमा शीतल मावि चौरजहारीले १६ स्वर्ण, ७ रजत र २ कांस्य सहित २५ पदक प्राप्त शिल्ड प्राप्त गरेको हो ।

त्यस्तै  ६ स्वर्ण, ६ रजत, ४ कांस्य गरी १६ पदक प्राप्त गरी वडा नम्बर ५ मा रहेको माध्यमिक विद्यालय खहरेले दोस्रो स्थान प्राप्त गरेको हो । ३ स्वर्ण, ६ रजत र ७ कांस्य गरी  कुल १६ पदक प्राप्त गरी  हिमालय माध्यमिक  विद्यालय खोलागाउँ तेस्रो स्थान प्राप्त गरेको चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर १ मा रहेको भ्याली पब्लिक हाई स्कुल,  वडा नम्बर ४ मा रहेको आधारभूत विद्यालय मनकोट, वडा नम्बर २ मा रहेको विजयश्वरी आधारभूत विद्यालय चौरजहारी र वडा नम्बर १२ मा रहेको जनकल्याण माध्यमिक विद्यालय सानाखोला स्वर्ण पदक विहीन विद्यालय बनेका छन्  । नगर कप तथा राष्ट्रपति रनिङ शिल्डमा नगरभित्रका १० वटा आधारभूत तथा माध्यमिक विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

विद्यालय तहबाट नै खेल प्रतिभा प्रस्फुटनको लागि हरेक वर्ष चौरजहारी नगरपालिकाले मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ । गत वर्ष शिल्ड जितेको शीतल माविले यस वर्ष पनि शिल्ड जितेको हो । शुक्रवारदेखि सुरु भएको मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड चार दिनसम्म सञ्चालन भएर सोमबार सकिएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update