Kakhara सबैको खबर सम्पूर्ण खबर
एनपिएलकाे विजेताले १ कराेड १० लाख पुरस्कार पाउने

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशि घोषणा गरेको छ । एनपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठुलो राशि हो।

दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने क्यानको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । एनपिएलको शीर्ष ४ टोली २ करोड १० लाख रुपैयाँ रहनेछ। यसअघि क्यानले उत्कृष्ट नेपाली खेलाडीलाई कार दिने बताइसकेको छ । यसबाहेक क्यानले प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई ५० हजार र क्याच अफ दी म्याच हुनेलाई २५ हजार प्रदान गर्दै आएको छ ।

एनपिएल अन्तर्गत लिग चरणका कुल २८ खेल सकिएका छन् । २८ खेल सकिँदा प्ले अफमा पुग्ने चार टिमको टुङ्गो लाग्दा चार टिम लिग चरणबाट बाहिरिएका छन् । सबैभन्दा बढी ६ जित सुदूरपश्चिम रोयल्सले हात पार्‍यो । सात मध्ये एक खेल हारेको सुदूरले १२ अङ्कका साथ शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनायो । जनकपुर रोयल्सले ५ जित र दुई हार सहित १० अङ्क बनायो ।

जनकपुरले पहिलो क्वालिफायरमा सुदूरसँग खेल्नेछ। चितवन राइनोज, कर्णाली याक्स र काठमान्डु गुर्खाजले समान ४ खेल जित्दै ८/८ अङ्क जोडे । रन रेटमा चितवन तेस्रो र कर्णाली चौथो हुँदै प्ले अफमा पुगेको‌ हो । कम रन रेटको आधारमा काठमान्डु गुर्खाज भने लिग चरणबाट नै बाहिरिएको थियो ।

npl-prize-1734431275.jpg
 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update