रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा रहेको बाँफिकोट महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएको छ । आज भएको साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । साधारण सभाबाट झरणा शाहीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
जसको उपाध्यक्षमा जनकुमारी खत्री, सचीवमा कमला केसी मल्ल र कोषाध्यक्षमा देबि सुनुवार चयन हुनुभएको छ । त्यस्तै साधारण सभाले लेखा समिति पनि गठन गरेको छ । समितिको संयोजकमा मनकुमारी बिस्ट चयन हुँदा सदस्यमा देउसरा केसी र ज्योतिका नेपाली चयन हुनुभएको छ । उक्त सहकारी संस्था महिलाहरुले मात्र चलाएका छन् ।
संस्थाका निर्वतमान अध्यक्ष मनकला पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संस्थाका अध्यक्ष नरबहादुर खड्काको प्रमुख आतित्यता रहेको थियोे । त्यस्तै कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष जोगबहादुर चन्द, ८ नम्बर वडा अध्यक्ष धनबहादुर खत्री, ४ नम्बर अध्यक्ष शेरबहादुर ओलि लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन संस्थाकी सदस्य मनकुमारी विष्ट गर्नभएको थियो ।