नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु रुकुम पश्चिमको जिल्ला कमिटी बैठक बसेको छ । नेकपा एमालेको पार्टी कार्यालय बागबजारमा बसेको बैठकले संगठनको पालिका इन्चार्ज तोकेको छ । बैठकले मुसिकोट नगरपालिकाको इन्चार्जमा कुबेर ओली, चौरजहारी नगरपालिकाको इन्चार्जमा प्रदीप डाँगी र आठबिसकोट नगरपालिकाको इन्चार्जमा कपिल शर्मालाई तोकिएको छ ।
त्यस्तै बाँफिकोट गाउँपालिकामा प्रेम केसी, त्रिवेणी गाउँपालिकामा मनीषा शर्मा र सानीभेरी गाउँपालिकामा दीपक ओलीलाई इन्चार्ज तोकिएको छ । बैठकले नयाँ वर्ष २०८२ को वैशाख १ गते अखिल रुकुमको मुख पत्र विमोचन गर्ने समेत निर्णय गरेको छ । त्यस्तै संगठन विस्तारलाई तीव्रता दिने पनि बैठकले निर्णय गरेको अनेरास्ववियु रुकुम पश्चिमले जनाएको छ ।
संगठनका अध्यक्ष देवेन्द्र मल्लको अध्यक्षतामा बसेको बैठकमा संगठनका पूर्व अध्यक्ष तथा नेकपा एमालेका प्रचार विभाग प्रमुख जीवन खड्काको प्रमुख आतिथ्यता रहेको थियो । बैठकको सञ्चालन संगठनका सचिव लोकेश मल्लले गर्नुभएको थियो ।