मानवअधिकार रक्षक नेटर्वक रुकुम पश्चिमले आयोजना गरेको युवा मानवअधिकार रक्षक र निर्वाचित जनप्रतिनिधी र सरकारवाला विच अन्तरक्रिया कार्यक्रम भएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगामा बिहिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संघ तथा प्रदेश सभाका सदस्य, स्थानीय तहका जनप्रतिनिधी लगायत मानवअधिकारका क्षेत्रमा काम गर्ने ब्यक्तिहरु विच अत्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा मानवअधिकार रक्षक नेटर्वकका कर्णाली प्रदेश संयोजक सन्तोश विकले संस्थाको उदेश्य, संस्थाले जिल्लामा गर्ने गतिविधि लगायतका विषयमा जानकारी बनाउनुभएको थियो । त्यस्तै रुकुम जिल्ला अदालत बार इकाईका सदस्य अधिवक्ता मनिषा रोकाय भण्डारीले मानवअधिकार सम्बन्धी व्यवस्था गरिका नीति नियम, चुनौती तथा अवसरका बारेमा प्रस्तुती राख्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा युवा मानवअधिकार रक्षक र सरोकारवाल विच युवाहरुकाे क्षेत्रमा काम गर्न ५ वटा निर्णयमा हस्ताक्षर गरेर प्रतिवद्धता समेत जनाएकाे नवअधिकार रक्षक नेटवर्कका कर्णाली प्रदेश संयोजक विकले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो प्रतिवद्धता मानव अधिकार प्रवर्दधन र संरक्षणको लागि निर्वाचित जनप्रतिनिधि, मानव अधिकार रक्षक र सरोकारवाला निकाय प्रतिवद्ध भएर लाग्नुपर्ने, मानवअधिकार शिक्षा प्रवर्दधन र संरक्षणमा वजेट कार्यक्रम अधि बढाउनुपर्ने, मानवअधिकार उलंघनका घटनामा समस्या, सबालहरूमा युवा मानवअधिकार रक्षक, जनप्रतिनिधि र मानव अधिकारकर्मीतीच समन्वय गर्ने प्रतिवद्धमा हस्ताक्षर गरिएको छ ।त्यस्तै मानवअधिकार रक्षकहरूको समग्र सुरक्षा, संरक्षण नीति बनाउने र स्थानीय निकाय (पालिकास्तरमा) मानवअधिकार उलंंघनका घटनाको दस्तावेजीकरण गर्ने निर्णयमा पनि हस्ताक्षर गरेर प्रतिवद्धता जनाएको हो ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य चन्द्रबहादुर विक, कर्णाली प्रदेश शभा सदस्य महेन्द्र केसीले मानवअधिकारको क्षेत्रमा सबैले मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो । त्यसमा आफ्नो तर्फबाट हुने सहयोग तथा सल्लाह सुझावको कमि नहुने उहाँहरुको भनाई थियो । सहभगिहरुले युवा मानवअधिकार सँगसँगै अपांगता भएका ब्यक्ति तथा पिडडिएको क्षेत्रका नागरिकहरुको पक्षमा काम गर्न सुझाव दिएका थिए ।
युवा मानवअधिकार रक्षक नेटवर्कका जिल्ला अध्यक्ष परिचन्द्र खत्रीको अध्यक्षमा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य विक, कर्णाली प्रदेश सदस्य केसी, जिल्ला समन्यव समिति उप प्रमुख देवबहादुर विक, मुसिकोट नगरप्रमुख महेन्द्र केसी मानवअधिकार रक्षक संजालकी अध्यक्ष ब्यूँझना पुन देवकोटा, उद्योग वाणिज्य संघका उपाध्यक्ष रविन्द्रकुमार विष्ट लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन युवा मानवअधिकार रक्षक नेटर्वकका सचिव सोमपाल कामीले गर्नुभएको थियो ।