रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ८ पेदीखेतमा लिला नेपालीको परिवारलाई नमुना घर हस्तान्तण गरिएको छ । संयुक्त पुर्नलाभ परियोजना अन्तरर्गत निर्माण गरिएको नमुना घर नेपालीको परिवारलाई बिहिबार हस्तान्तरण गरिएको हो ।एफसिडिओको आर्थिक सहयोग आइओएमको व्यवस्थापन तथा सिआइएन द्धारा संचालित संयुक्त पुर्नलाभ परियोजना अन्तरर्गत नमुना घर निर्माण गरेर नेपालीको परिवारलाई घर हस्तान्तरण गरिएको त्रिवेणी गाउँपालिका विपद फोकल खिमबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिका अध्यक्ष गनेशकुमार केसी लगायत नमुना घर निर्माण गरेको संस्थाको टोलीले एक कार्यक्रममा विच आज घर हस्तान्तरण गरेको हो । नमुना घर हस्तान्तरण पश्चात लिलाले घर निर्माण गरी हस्तान्तरण गर्ने सवैलाई धन्यवाद ब्यक्त गर्नुभयो । घर निर्माण गर्न आर्थिक अभाव भएको अवस्थामा घर निर्माण गरी चिसो समयमा सुरक्षित आवासमा बस्न पाएको भन्दै खुसी ब्यक्त गर्नुभयो
८ लाख रुपैयाँ लागतमा तीन कोठाको नमुना घर निर्माण गरिएको छ । भने नजिकै शौचालय पनि निर्माण गरिएको छ । भूकम्प प्रभावित समुदायका दलित तथा विपन्न परिवारलाई छनोट गरेर नमुना घर निर्माण गरिएको हाे । जिल्लाभर २५ वटा नमुना घर निर्माण गरिरहेको संस्थाले त्रिवेणीमा भने एक वटा मात्र नमुना घर निर्माण गरेकाे हाे ।
गाउँपालिका अध्यक्ष गनेशकुमार केसीको अध्यक्षतामा भएको नमुना घर हस्तान्तरण कार्यक्रममा त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, १ नम्बर वडा अध्यक्ष सुन्दर ओली, ८ नम्बर वडा अध्यक्ष नन्दराम खड्का, १० नम्बर वडा अध्यक्ष शेरमान खड्का, त्रिवेणी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर पुन, माओवादी केन्द्र त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशबहादुर खड्काको आतिथ्यता रहेको थियो ।
त्यस्तै आइओएमका कार्यक्रम व्यवस्थापक दिपिना शर्मा, आवास संयोजक चेरी अविल्ला, सिआएनकाा कार्यक्रम व्यवस्थापक समिर भट्राई, इन्जिनियर विकास न्यौपाने, सामाजिक अधिकृत सुजित गौतम, गाउँपालिका सव इन्जिनियर नविन खड्का लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन त्रिवेणी गाउँपालिका विपद फोकल ओलीले गर्नुभएको थियो ।