पण्डित बानिविलासद्वारा वि.स. १८५० मा रचित ४४ श्लोकको गौतम वंशावली (वंशपत्ति) मा शुक्लयवैदाध्यायी कर्मकाण्डी ब्राह्मण तल्लकका सन्तान कालिदास कन्नौजबाट धर्मरक्षार्थ शिष्यका साथ सिंजा क्षेत्रमा आए भन्ने उल्लेख छ । अग्निहोत्री अत्रि गोत्रिय ब्राद्वामण काशीदास तत्कालीन सिंजा प्रदेश हालको जुम्ला तत्कालीन खस राज्यका संस्थापक राजा भई लामो समयसम्म राज्यको बागडोर सम्हाल्ने अवसर प्राप्त गरेका थिए। ती गौतम वंशीय वा तत्कालीन समयमा हिन्दुस्थानबाट आइ राज्य सञ्चालन गरेका राजाले जुम्लाको सिंजा प्रान्तमा गृष्मकालीन राजधानी र दैलेखको दुल्लुलाई शीतकालीन राजधानी बनाई राज्य सञ्चालन गरेका थिए रे भन्ने विवरण उक्त लिखत कागजातमा उल्लेख गरेको पाइन्छ। यो नै गौतम वंशावलीको सबैभन्दा पुरानो र प्रथम वंशावली भएको मानिन्छ ।
श्रीनारायण शेषशाय उत्पन्न भएको कमलको फूलमा ब्रह्माजी उत्पत्ति भए । श्रीनारायणबाट सृष्टिको आज्ञा पाएका ब्रह्माजीले १० मानस पुत्र उत्पन्न गरे। ती हुन (१) मरिचि (२) अत्रि (३) आडिंगरा (४) पुलस्य (५) ऋतु (६) भृगु (७) वशिष्ठ (९) दक्ष (१०) नारद । महर्षि अत्रि ब्रह्माजीका द्वितीय मानस पुत्र (नेत्रबाट उत्पन्न) हुन । महर्षि अत्रिको विवाह कर्मद ऋषि र देवहुती (स्वायम्भुवमनु पुत्री कपिल ऋषिको बहिनी अनुसुयासँग भएको भन्ने पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ। महर्षि अत्रि र अनुसुयाले सर्वप्रथम ऋक्षनामक कुलाद्रीमा गएर घोर तपस्या गरे । तपस्याद्वारा त्रिदेव ब्रह्मा, विष्णु, महेशलाई रिझाई अत्रि अनुसुयाको पुत्रको रूपमा आउनु परेको (कुरा पुराण आदि) वरदान प्राप्त गरेकोमा सोही वरदानलाई पुरा गर्न त्रिदेवले अत्रि अनुसुयाको पुत्रको रूपमा आउनु परेको पुराण आदि पौराणिक ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ । साथै अत्रि अनुसुयाले महादेवको तपस्या गरेर प्रसन्न तुल्याई वरदान प्राप्त गरेर केदार खण्डमा अत्रिश्वर ज्योतिर्लिङ्ग स्थापना गरेका कुराहरू पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ। महर्षि अत्रि वेदका मन्त्रद्रष्टान्तका साथै तप, दान, यज्ञका लागी अतिरिक्त विश्व कल्याणका निमित्त अनेकौँ कार्यहरूका साथै अत्रीस्मृती, अत्रीसंहिता आदि ग्रन्थहरूको रचना गरेर लोककल्याणका कार्यहरू प्रशस्त गरेको पाइन्छ। महर्षि अत्रि तथा माता अनुसुयालाई दिएको वरदान पूरा गर्न र यदाकदा नारी जातीमा देखिने इष्याभावलाई दर्साउन त्रिदेव ब्रह्मा, विष्णु, महेशले उपयुक्त वातावरणमा देवर्षि नारद मार्फत त्रिदेवी लक्ष्मी, सरस्वती, पार्वती समक्ष गएर चित्रकुटीकी देवी अनुसुयाले पातिव्रत्य एवम् उनमा भएको कलाकौशल गुणका अगाडी तपाइहरू उनीहरूका गोडाका रौँ बराबर पनि हुनुहुन्न ज्यादै होच्याउने काम गराएकोमा नारदका कुराले ज्यादै क्रुद्ध भएका त्रिदेवीले आ-आफ्ना पति त्रिदेवलाई अनुसुयाको पातिव्रत्यको परीक्षा लिनका लागी जानै पर्ने बिवस्ता सृजना गराए ।
यसपछि त्रिदेव ब्रह्म, विष्णु, महेश साधारण मनुष्यको रूप धारण गरेर अतिथि भिक्षुका रुपमाअत्री अनुसुया आश्रम त्रिकुट पुगे। त्यसपछि महर्षि अत्रि स्थान सन्ध्या तपमा भएका कारण अतिथिहरूको स्वागत गर्न माता अनुसूया जल, अर्थ, मधुपर्क आदि लिएर भिक्षु रुपी त्रिदेवीका अगाडी आउँदा भिक्षुकहरूले (माता अनुसुयाको परीक्षा लिन) तपाई निर्वस्त्र भएर मात्र स्वागत गर्नु हुन्छ भने मात्र आतिथ्यता ग्रहण गर्दछौ । नत्र स्वीकार गर्दैनौ भनेकोमा आफ्नो तपोवलद्वारा विचार गर्दा अतिधिहरू साधारण मनुष्य नभई त्रिदेव ब्रह्मा, विष्णु नै भएको आफ्नो परीक्षा लिन आएको भन्ने थाह पाई आफ्नो कमण्डलुबाट तिनै जना अतिथि उपर जल सेचन गरेर छ महिने अबोध दुधे बालक तुल्याए। आफू निर्वस्त्र भएर स्वागत गर्दै पालैपालो गरेर का। खमा राखी स्तनपान गराउँदै पुत्रवत व्यवहार गर्न थाल्नु भयो। महर्षि अत्रि कुटीमा फर्की आउँदा सबै कुरा माता अनुसुयाबाट थाह पाउँदा हर्षित भएर पूर्ण रूपमा बालक त्रिदेवको दर्शन गर्दै आफू दम्पतीको अहोभाग्य भनेको कुरा पौराणिक ग्रन्थमा उल्लेख छ । उता त्रिदेव ब्रह्मा, विष्णु, महेशका वियोगमा छटपटिएका त्रिदेवी लक्ष्मी, सरस्वती, पार्वती नारदमुनि कहाँ गएर नारदले सल्लाह गरे अनुसार माता अनुसुयाका शरणमा गएर त्रिदेवलाई पूर्ववत् तुल्याई दिने याचना गरेपछि माता अनुसुयाले पुन कमण्डलुबाट जल सेचन गरेर पूर्ववत् तुल्याई दिएकोमा त्रिदेवले माता अनुसुयासँग अब हामी तपाईँका पुत्र भयौँ माताको इच्छा पूरा गराउन हो । तिमीहरूको कर्तव्य भएको हुँदा इच्छा अनुसार वर माग्नुहोस् भनेकोमा माता अनुसुयाले हाम्रो सन्तानको जन्म लिएर जगत् कल्याणको कार्य गर्ने वर मागेकोमा तथास्तु भनी वरदान दिएर आ आफ्नो पत्नीसहित लोकतर्फ जान लाग्दा पत्नीसहित त्रिदेवले अत्रि अनुस्यालाई दण्डवत् प्रणाम गरेर आ आफ्नो लोकतर्फ लागेको कुरा पौराणिक ग्रन्थमा उल्लेख छ। महर्षि अत्रि तथा माता अनुसुयालाई दिएको वरदान परा गर्न त्रिदेवहरूले यथा समयमा विष्णुको अंशबाट महायोगी दत्रात्रेय ब्रह्माको अंशबाट सोम (चन्द्रमा र शङ्कर को अंशबाट त्रिकाल र दशीं महामुनी दुर्वासा भई अत्रि अनुसुया पुत्रका रूपमा उत्पन्न भयको कुरा ग्रन्थहरूमा वर्णन गरिएको छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम तथा सीता, अत्रि अनुसुया आश्रम चित्रकुटमा गएर श्रीरामले महर्षि अत्रिसँग शिक्षा लिएको तथा जगत् जननी सिताले माता अनुसुयाबाट पतिव्रता नारी धर्म आदि विषयमा शिक्षा लिएको तथा श्रीरामसँग सीताजीले माता अनुसुयाको ज्ञान तपोवल कार्यकुशलता आदिको बारेमा शिक्षा लिएको तथा श्रीरामसँग गरेको वर्णन तथा माता अनुसुयाको चित्रकुट आश्रमबाट बिदा गर्दा उपहार स्वरूप सीताजीलाई दिएको अलौकिक वस्त्र धारण गरेका कारणबाट नै रावणको लङ्कामा सीताजी सुरक्षित रहेको कुरा रामायणमा उल्लेख छ ।
माता अनुसुयाले आफ्नो पतिव्रता धर्म तेज तथा तपोवलद्वारा माण्डव्य ऋषिका श्रापबाट सूर्यको दर्शन हुनासाथ मृत्युका लागि विवश भएका वृद्ध एवम् कुष्ठरोगद्वारा रुग्ण ब्रह्मामणिका पति कौशिकलाई जीवित राख्न निश्चित कालसम्म सूर्यको उदय पक्रियालाई समेत रोकेर कौशिकलाई जीवित राखेको साथै आफूद्वारा बाधित सूर्यलाई पुनः उदित गराएर संसारमा कीर्तिमान कायम गरेको सोही दिव्य तेज र आफ्नो तपोबलद्वारा गड गाको पवित्र धारालाई चित्रकुटमा "मन्दाकिनी" का रुपमा प्रभावित गराएर लोक कल्याणका कार्यहरू गरेका थिए । अनेकौँ अनुसुयाका पराक्रमहरूका बारेमा पौराणिक ग्रन्थहरूमा उल्लेख छ। महर्षि अत्रि तथा माता अनुसुयाकी पुत्रीको नाम आत्रेय हो। अत्रि र अनुसुयाकी छोरी भएका कारण आफ्नी आमा अनुसुया जस्तै पति परायणता तपस्विता कलाकौशल धर्मनिष्ठा उनमा पनि थियो। महर्षि अत्रीले छोरा सरह नै छोरीलाई पनि शिक्षा दिक्षा दिएर ३२ किसिमका ज्ञान एवम् विज्ञान तथा १३६ किसिमका कला, शिल्प विधाका साथै मूल वेदको शिक्षादीक्षा दिने प्रशंसनीय तथा अनुकरणीय कार्य गरेकै कारणबाट आत्रेय सबै शिक्षामा पारङ्गत एक विदुशी ऋषिका थिइन । ऋषिका आत्रेयीको विवाह अत्रीपुत्र अडुगिरा ऋषिसँग भएको थियो । अग्नीपुल (तातो अङ गारबाट उत्पन्न) भएका कारण अडगिरा ज्यादै उग्र स्वभावका भएका हुँदा उनको उग्र स्वभाव शान्त गराउनका निमित्त आत्रेयीले अग्नि (ससुरा) को आज्ञा लिए र नदी (जल) रूप धारण गरेर अङ्गिरा ऋषि आगोमा पसेर तपस्या गर्न लागेका बखत आगोमा प्रवेश गरेर अगिरा ऋषिको (आफ्नो पतिको उग्र स्वभावलाई) शान्त पारेको हुनाले सो नदी आजसम्म पनि पुरूषी नामले प्रसिद्ध रहेर बग्दै गङ्गाजीमा समाहित भइरहेको कुरा ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।
अत्रि गोत्रमा तीन प्रवर (त्रिप्रवर) रहेको पाइन्छ। जस्तै अत्रि, अर्चनानास, शाश्वत ३ हुन् । अत्रि गोत्रमा हालसम्मको खोजतलासमा निम्न धरहरू मैले फेला पारेको छु । ती थरहरू गौतम (गोतामे), शाह ठकुरी, मल्ल ठकुरी, रोकाय क्षेत्री, अधिकारी, चापागाईँ, ठाडाराई, ओझा, वस्ती, कडरिया, खतिवडा, मिश्र, श्रीमल, पहाडी, समाल हमाल, जोशी, डोटेल, जस्ता जातिहरू रहेको पाएको छु। अत्रि गोत्रिय गौतम बन्धुहरूमा विभिन्न देवीदेवताहरू मान्ने चलन रहेको भएता पनि हाम्रा इष्ट देवता शङ्कर (महादेव) कुल देवता मष्ट नै हुन् । यस अन्तरगत १८ भाइ मष्ट र १२ भाइ बराहलाई मान्ने प्रचलन रहेको गोतामेहरूमा रहेको छ । मष्टहरूमा निर्मसी मष्ट, दाहेमष्ट र दुधेमष्ट लगायत १८ भाइ मष्टहरूलाई कुलदेवताका रुपमा मान्ने प्रचलन रहेको भएता पनि विशेष गरेर निर्मसी मष्ट र दाद्वेमष्टलाई नै कुलदेवताको रुपमापूजा गर्ने प्रचलन रहेको छ । निर्मसीमष्टलाई कुल देवता मान्नेहरूले शुद्ध शाकाहारी नैविद्य बनाई चढाइन्छ र बोकाको बली नदिने प्रचलन रहेको छ । विशेष गरेर रुकुमको मुसिकोट, चौरजहारी र रुकुमकोटमा रहेका (गोतामे) गौतमहरूमा यो चलन रहेको छ । दाह्रेमष्टकाे पूजा गर्नेहरूमा बोकाको बली दिने चलन रहेको छ। महर्षि अत्रि र अनुसुयका ३ पुत्रहरू १. दत्रात्रेय, २. दुर्वासा ३ सोम (कतै सूर्य र कतै चन्द्रमा हुन्। दत्रात्रेय र दुर्वासाले विवाह नगरे का कारण दुवै जनाको सन्तान नभएका कारण हामी अत्रि गोत्रीयहरू सूर्य वा चन्द्रमाका सन्तान भएको कुरा स्वतः सिद्ध हुन्छ । त्यस कारण हामी गौतम (गोतामे हरूलाई धेरै जसो स्थानमा सूर्य वंशीको रुपमा लिने गरेको पाइन्छ । भने कतै चन्द्र वंशीको रुपमा लिने गरेको पाइन्छ। हामी गोतामे गौतमहरू सूर्य वंश उत्तमा शाखा र अत्रि गोत्रीय भएको कुरालाई नकार्न मिल्दैन ।
सोमवाट-बुध, बुधबाट-पुरुखा, पुरुखाबाट नहुष, नहुषबाट ययाति, ययातिबाट-कार्तवीय भए । यसै वंशमा विश्वामित्र जस्ता राजहीं तथा भरत, गाधी, युधिष्ठिर आदि जस्ता पुराण प्रसिद्ध राजाहरू भएका थिए । त्यपछिका पूर्खाक्रम क्रमिक रुपमा जोडनलाई अनेकौँ पुस्तासम्म खोजबिन गर्न नसकिएता पनि क्रमिक रुपमा जोड्नलाई अनेकौँ पुस्तासम्म खोजबिन गर्न नसकिएता पनि क्रमिक रुपमा पत्ता लागेसम्मका बंशक्रम जोड्ने प्रयासको फलस्वरूप प्राप्त भएसम्मको पुस्तावलीमा ऋतुभद्रलाई मूल पुरुषका रुपमा राखेको पाइन्छ भने भारतबाट नेपाल प्रवेश गरेका भने कतै कालीभित्ति प्यालिभित्ति गडवाल, कतै काव्यकुञ्ज त कतै कनोजबाट आका तल्लकका सन्तान अत्रि गोत्रीय ब्राह्लामण काशीदास (कावरी) लाई लिएको पाइन्छ । कतै काशीदासलाई कनोजबाट आएका बाहुनका भेषमा आएका रागैर वंशी क्षेत्री भन्ने पनि लेखेको पाइन्छ। तर मैले आदरणीय विद्धवान महानुभावलाई खण्डन गर्न खाजेको त होहन तर भन्न खोजेको के भने यदि उनी क्षेत्री भएको भए अरू पछिल्लो पुस्ता ब्राह्मण हुने कुरै थिएन ।
ऋतुभद्रलाई आधार मान्दा १ ऋतुभद्र २ दोस्रो पुस्ता कतै खाली देखिन्छ भने कतै ऋतुभद्रका ५ भाइ छोराहरू जयकर, भाष्कर, लल्लक, प्रभाकर र विल्लक थिए भन्ने खुल्न आएको देखिन्छ । ३. गोपालभद्र ४. व्यासभद्र ५. विकुभद्र ६ कुशिकभद्र ७. जयेन्द्र ८. काशीदास (कतै नवौँ त कतै दसौँ शताब्दीतिर सिंजा दरा जुम्ला आउने व्यक्ति) काशीदास नै नेपाल प्रवेश गर्ने र जुम्लामा आई राज्य स्थापना गरी राजा बन्ने संस्थापक राजा हुन् । धेरै समयसम्म राज्य सञ्चालन गरे। धेरै समयपछि केही पुस्ताको अन्तरालमा अत्रि गोत्रिय राजाको छोरी राजकुमारीको विवाह स्थानीय चल्ल जातिसँग भयो। अरूका इष्टले ससुरालीलाई सघाउने गर्दछन। तर अत्रि गोत्रिय यी राजाका ज्वाइँले ससुरालीको सत्ता हालेर आफू राजा हुनका लागि स्थानिय स्तरका जनताहरूलाई उचालेर राज्यसत्तालाई अपदस्त गरी आफू राजा भइ ससुराली राजालाई पश्चात्ताप बनाई कुलेलम ठोक्न लगाएका थिए । यिनै मल्ल जाति पछि जाति परिवर्तन गरी मल्ल लेख्न थाले । खस राज्य हाम्रो पुर्खाको राज्यसत्ता कब्जा गरी यसरी नाटकीय रुपमा मल्ल राज्यसत्ताको स्थापना गरिएको थियो भन्ने भनाइ रहेको छ ।
काशीदासका ५ भाइ छोराहरू ९क जयकर ९ ख. भास्कर ९ ग.प्रभाकर ९ घ. विलल्ल ९ ड.लल्लक ९ क जयकरका सन्तानहरू श्रीमल्ल, बस्ती, करिया आदि घर कायम छन् । ९ ख भास्करका सन्तानहरू ठाडाराई, अधिकारी, खतीवडा, जोशी, डोटेल, आदि थर कायम गरिएको छ । ९ ग प्रभाकरका सन्तानहरू ओझा मिश्र आदि रहेको भन्ने पाइन्छ । ९ घ विलल्लकका सन्तानहरू समाल, शाह, शाही, हमाल, मल्ल, ठकुरी, पहाड़ी आदि थर कायम भएको पाइन्छ । विल्लकका ६ भाइ छोराहरू। मेदीनी बर्मा जाजरकोटको राजा भए । पृथ्वीबम रुकुमको रुकुमकोटमा आइ बसेको र रणवीर रुकुमकोटमा दुई भाइ बिच राज्य सञ्चालनमा खटपट परेपछि रूकुमकोटबाट रुकुमकै चौखावाडको कुप्रीकोटमा आइ राज्य गरेर बसे भनेपछि रुकुमकै मुसिकोटमा आइ उनका सन्तानहरूले राज्य गरेर बसेको इतिहास रहेको छ। पृथ्वीका सन्तानहरू भने रुकुमकोटमा नै राज्य गरेर बसे । सुल्तान बम सल्यानको फलावाङमा आइ राज्य गरेर बसे । कान्छा पुण्यविक्रम शाह सल्यानको फलावाङमा गई राज्य गरेर बसेको इतिहास रहेको छ। लल्लकका सन्तानहरू दुई भाइ छोराहरू थिए । गोतमदास जो तत्कालीन जाजरकोट जिल्लाको गोतामकोट थुम राज्यका संस्थापक राजा भएका थिए ।
गोतामदाशका शाखा सन्तानहरू गोतामका नामबाट होस् या गो, गौ, गौमाताका नामबाट होस् या गोतमदाशका पालादेखि हामीहरू गोताम्या, गोतम, गोतामे, गोतम्या आदि नामबाट थर उच्चारण हुँदै धेरै लामो समयसम्म गोतामे नै भन्ने वा लेख्ने चलन चलेको पाइन्छ। उदाहरणका लागि ध्रुवचन्द्र गोतामे र धनुशचन्द्र गोतामेलाई लिन सकिन्छ । साँच्चिकै हामीहरू गौतम ऋषिका सन्तान नभई अत्रि ऋषिका सन्तान हौ । हामीहरूलाई शुक्रको अंन्धक लाग्दैन । हामीहरू गौतम नभई गोतामे नै हो । २. चापागाईँ (चापागाउँ बिर्ता पाएको कारण चापागाईँ कायम हुन गएको) भन्ने भनाइ रहेको छ। यसरी ऋतुभद्रदेखि १० औ पुस्तासम्म हामी गौतमहरू समेत सम्पूर्ण (अत्रि गोत्रिय सहगोत्री बन्धुहरू अत्रि गोत्रमा नै आबद्ध थियो । दशौँ पुस्तामा गोतमदाशदेखि मात्र थर क्रम लेख्न सुरु भएर गोतम, गोथम, गोतामे आदि हुँदै आएको साथै गोतामे थर धेरै लामो समयसम्म चलेको र हालसम्म पनि गोतामे भन्ने र लेख्ने प्रचलन रहेको छ। सुरुमा भारतको काव्यकुब्ज राज्यको कुमाईं गडवालको कालीधित्ति प्यालीभित्ति भन्ने स्थानमा एक सम्भ्रान्त ब्राह्मणमा परिवारको बसाई रहेको थियो । त्यहाँ पहिलेदेखि नै कान्छी वा कान्छा पट्टिको अपुताली जाने गरेको परम्परा रहेको थियो । र त्यति बेलाका कान्छाले विवाह गरी श्रीमती गर्भवती अवस्थामा थिइन्। उनले आफ्नो वंश परम्पराको चक्रलाई बुझेर के गरेर सन्तान कायम राख्न सकिन्छ? भन्ने पिरले उनलाई पिरोली रहेको थियो ।
उनी एक दिन साधु महात्मा कहाँ हात हेराउन पुगे। सबै वृत्तान्त बताएपछि । महात्माले तिम्रो बच्चा जन्मन बित्तिकै आमाको दूध नचुसाएर गाईको दूध ख्वाएर पाल्नु भने पछि ल जन्मन बित्तिकै आमाको दूध नख्वाएर गाईको दूध ख्वाएर पाल्छु भने पछि यसरी गाईको दूध चुसाएर पालिएको बच्चाको थर गाईलाई संस्कृतमा गो र हिन्दीमा गौमाता भनिएको हुँदा त्यसरी गो गौमाता भन्दै अपभ्रंश भएर गौतम थर लेख्न थालिएको र तिनै गाईको दूध ख्वाएर पालिएका गौतम थर लेख्न सफल काशीदास नेपाल आइ जुम्लाको सिञ्जा प्रान्तमा रहेको राज्यको संस्थापक राजा भई राज्य गरेका थिए भन्ने कुरा यो शिलालेखबाट प्रस्ट हुन्छ: "हाम्रा आली अटल अटाली काशीदास अत्रि गोत्रीय ब्राह्रामणलाई खस राज्यका राजा संस्थापक अक्रया छौ" भनिएको शिलालेख र ताम्रपत्रका इतिहासबाट प्रस्ट हुन्छ । जुन ताम्रपत्र जुम्लाको प्रसिद्ध ऐतिहासिक स्थान सिञ्जामा हाल सम्म पनि सुरक्षित छ भनिएको छ। जुम्लाको सिञ्जामा राजा भई राज्य गर्दा कनकसुन्दरी देवीको मन्दिर निर्माण गरेका थिए। अत्रि गोत्रीहरूको राज्य वर्णन गर्न लायक थियो भन्ने कुरा इतिहासबाट प्रस्ट हुन्छ ।
पछिल्लो समयमा पं.कुलचन्द्र गौतमज्यूद्वारा "ऋष्अन्धकवृष्णिकुरुभ्यञ्च भन्ने सूत्र लगाई विकसित शब्द गौतम १९ औ शताब्दीबाट सुरु गरिएपछि हामीहरूले गौतम लेख्न थालिएको हो। तत्कालीन २२ (बाइसे) र चौबीसे राज्य अन्तर्गत पश्चिम तर्फको बाइसे राज्य अन्तर्गत जाजरकोट राज्य अन्तर्गतको थुम राज्यमा आफ्ना इष्ट चल्ल जातिका सुवर्णशिखाबाट जुम्लाको खस राज्यबाट राज्यच्युत भई सकेपछि गोतामकोटमा राजा भई राज्य गरेको पाइन्छ । ऋतुभद्रदेखि १० औ पुस्ताका गोतमदास त्यति वेलाको जाजरकोटको थुम राज्य गोतामकोट र हालको ६ नं. प्रदेश भित्रको आठबीसकोट नगरपालिकाको वडा नं. ४, ५ र ६ को गोतामकोटको सम्पेचौरमा राज्य गरेर बसेका थिए। गोतामकोटको अनाहा जिउला, मन्काबगर र मिग्रीलाई खेतीयोग्य जमीनको रुपमा उपयोगमा ल्याएका थिए भन्ने भनाइ छ। त्यहाँ उनले कनक सुन्दरीदेवी र मालिका देवीको मन्दिर समेत निर्माण गरेका थिए। जहाँ नित्य पूजाको सञ्चालन गरिएको थियो। जुन मन्दिर हालसम्म पनि पूजाआजाकै क्रममा रहको छ । त्यसभन्दा अघिको गोतामकोट गाविसमा बसेको र गोतामकोटमा बसेका कारण स्थानका आधारमा गोतामे लेखिएको र हाल नेपाल अधिराज्यभर रहेका गौतमहरू र भारतको दार्जिलिङसम्म रहेका गौतमहरूले आफ्नो जन्मथलो नेपाल राज्य अन्तर्गत रुकुम जिल्लाको हालको रुकुम पश्चिम जिल्लाको गाेतामकोट नै भएको बताउँछन् ।
ऋतुभद्रदेखि १० औ पुस्ताका गोतमदास पछि क्रमशः ११. शिवदाश १२. विष्णुदाश १३. दिवोदाश १४. दिवाकर १५. शिवोदेव १६. प्रभाकर १७, अरिकर १८. भास्कर १९. उदयकर २०. दिवाकर २१. हिम्बुक २२. ईम्बुक २३. विम्बुक २४. गोसल्भ २५. सैगुन २६. केदार हुन। केदारका दुई छोराहरू २७ क श्यामदाश २७ ख कावरी २८. लक्ष्मीप्रसाद भनिने लक्ष्मीधर हुन। लक्ष्मीधरका ४ छोराहरू २९ क दिवोदाश २९ ख हरिदाश २९ ग श्रीदाश २९ घ श्रीधर हुन। कतै वि.स. १४६९ कतै वि.सं. १६६९ मा २९घ श्रीधर गोतामकोट बाट गुल्मी हुँदै पूर्व लाग्दा तत्कालीन खाँचिका राजा रामसिंह शाह वर्माबाट विद्धताको कदर गरेर राजसम्मानका साथमा अर्घाखाँची खिदिममा बिर्ता पाएपछि श्रीधरको बसोबास अर्घाखाँचीमा भयो। यिनै श्रीधरले फिदिम पोखरा थोकमा गोतामकोटकी कनक सुन्दरीदेवीको प्रतीक स्वरूप कनक सुन्दरीदेवीको मन्दिर बनाइएको र सो मन्दिर हालसम्म पनि दशैघर भन्ने नामबाट चिनिँदै आएको छ। लक्ष्मीधरका पुत्र श्रीधरका ५ छोराहरू ३० क. रामुदास ३० ख. वाशुदेव ३० ग. श्रीदाश ३० घ. गिरीधारी ३० दु. विश्वनाथ हुन । विश्वनाथका क्र.म.स. ३१. लोकेश्वर ३२. शुकदेव ३३. शिवाकर ३४. शुकर हुन । शुकरका ७ छोराहरू ३५ क गङ्गाधर ३५ ख बालकृष्ण ३५ग. गंगु ३५ घ. शान्तु ३५ ड. पुन्नाखर ३५च गङ्गाराम २५ छ. सारङ्ग हुन। सारङ्गका छोरा ३६. सुन्दर हुन । सुन्दरका तिन छोराहरू ३७ क बलिभद्र ३७ ख. नरपति ३७ ग हरिदाश हुन । हरिदाशका २ छोराहरू ३८ क माधव ३८ ख हेमन्त हुन ।
हरिदाश पुत्र ३८ क माधवका सन्तानहरू अर्घाखाँची, गोर्खा लगायतका विभिन्न ठाउँमा छरिएर बसोबास गरेको पाइन्छ । ३८ ख. हेमन्तका सन्तानहरू २ पत्नीबाट ८ छोराहरू जेठी तर्फका ३९ क बालैपा ध्या ३९ ख. विशुपाध्या २ भाइतर्फका सन्तानहरू अर्घाखाँची, फिदिम, पाल्पा, रुपन्देही, कपिलवस्तु, बुटवलसम्म फैलिएको पाइन्छ । तर रुकुममा यसका सम्बन्धमा रुकुमको गोतामकोटबाट एक भाइ झापा, एक भाइ श्रीधर अर्घाखाँची, एक भाइ भोजपुर, पाँचथर तिर र एक भाइ काठमाडौँ गएका र एक भाइ गोतामकोटमा नै रहेको भन्ने भनाइ छ । रुकुमको गोतामकोटबाट अर्घाखाँचीको फिदिम पुगेका श्रीधर पुत्र हरिदास पुत्र ३८ ख. कै.स. हेमन्त जागिरको सिलसिलामा वि. स. १७७५ मा जेठी पत्नी र २ छोरा बालैपाध्या र विशुपाध्यालाई अर्घाखाँची छोडी सेन वंशीय राजाको राज्य दोलखातर्फ गएकोमा दोलखातर्फ नै दोस्रो विवाह गरेकोमा कान्छी पत्नीतर्फ ६ भाइ छोराहरू ३९ ग गङ्गाधर ३९ घ शिरपति ३९ ङ तुलाराम ३९च ऋषिराम ३९ छ. वैजनाथ ३९ज अग्निधर हुन । ३९ ग गङ्गाधर का सन्तानसंग दोलखाबाट इलामतर्फ बसोबास भयो। हाल गङ्गाधरका वंशजहरू इलाम, धनकुटा, झापा, मोरङ, सुनसरी, तथा स्वदेश विदेशका विभिन्न भागमा फैलिएर रहेको पाइन्छ । ३९ घ शिरपति र ३९ छ वैजनाथका सन्तानहरू दोलखाबाट तेह्रथुम जिल्लाको कोपाखोला हुँदै मराहाङ्ग, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौँ लगायत स्वदेश तथा विदेशका विभिन्न भागमा फैलिएको पाइछ । प्रसिद्ध लेखक चूडामणि गौतम यसै वंश भित्र हुनुहुन्छ ।
हाल नेपाल अधिराज्यभर रहेका गौतमहरू र भारतको दार्जिलिङसम्म रहेका गौतमहरूले आफ्नो जन्मथलो नेपाल राज्य अन्तर्गत रुकुम जिल्लाको हालको रुकुम पश्चिम जिल्लाको गाेतामकोट नै भएको बताउँछन् ।
गोतामकोटमा आएका कॉशिदाश नाम गरेका ब्राह्मण हुन र उनीपछि गोतामकोटमा आएपछि मात्र गोतमदाश कहलिन गएका हुन भन्ने भनाइ रहेकोछ। सुन्दर पुत्र ३७ क वलिभद्रका सन्तानह लिंगेली (माझघरे) पट्टिका वंशबाट पनि चिन्ने गरिन्छ। गोतामे सुकरू पुत्र ३५ क गङ्गाधरका तीन छोराहरू २६ क नारायणदाश ३६ ख प्यारीलाल ३६ ग पुरूषोत्तम (पुर्ख) हुन। ३६ क नारायणदाश ३६ ख प्यारीलालका सन्तानहरू दिडुला, ज्यामिरे, चौरी, सिभुवा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, काभ्रे, रामेछाप, सर्लाही, सिन्धुली तथा स्वदेश तथा विदेशका विभिन्न भागहरूमा फैलिएको पाइन्छ । त्यै गरी ३६ ग (पुर्ख) पुरुषोत्तम ज्योतिष शास्त्र वेदवेदान्तमा प्रखर विद्धान भएका कारण तत्कालीन सत्ताका प्रखर राजाबाट विद्धताको कदर स्वरूप दिङ ला लेती बिर्ता पाएकोमा त्यसतर्फ गएका कारण दिडुला लेतीतर्फ बसोबास भएको पाइन्छ ।
हाल पुरुषोत्तमका सन्तानहरू दिइला लेती, भोजपुर, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी लगायत देश विदेशका विभिन्न भागमा छरिएर रहेको पाइन्छ । ३५ ख बालकृष्णका सन्तानहरू भोजपुर, पालङ्ग, ओखे, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी लगायत देश तथा विदेशका विभिन्न भागमा बसोबास गरेको पाइन्छ । ३५ ग गङगुका सन्तानहरू भए नभएको पत्ता लागेको छैन । ३५ घ शान्तुका छोराको नाम फेला नपरेता पनि नाती ३७ भाष्कर धनकुटा, मधुमाला, मोरङ, झापा लगायत विभिन्न स्थानमा बसोबास भएको पाइन्छ । ३५ ङ. पुन्नास्वरका सन्तानहरू ओखलढुङ्गा, काभ्रे, चौरी, ज्यामिरे, टोक्सेल, तुसारे, धुसेनी, झापा, मोरङ, सुनसरी लगायत विभिन्न स्थानमा बसोबास गरेको पाइन्छ । ३० औ पुस्ताका गोतामे ३० ख रामुदास गोतामकोटको वास्तविक कोट चौतारामा बसेकाले वास्तविक कोटाले वंशका स्थानको आधारमा कायम भएको देखिन्छ। यसै मध्येका ३० ग पुस्ताका वासुदेवका सन्तानहरूले गोतामकोटमा कुलदेवता मष्टको पूजा गर्दा लिङ्गो लिएर लिङ्गो गाइने भएका कारण लिंङ्गेली वंशका संज्ञाबाट चिनिन्छन् ।
यी दुवैका सन्तानहरू नेपालका भोजपुर, पाँचथर, झापा, सिन्धुली, गुल्मी, इलाम, सुनसरी र ललितपुर लगायतका देश विदेशका विभिन्न भागमा बसोबास गरेको पाइन्छ । ३० घ घिरीधारीका सन्तानहरू पूँदी, गोर्खा, लमजुङमा बसोबास गर्ने गरेको पाइन्छ। यो वंश गौतमकोटको पानी खाने धारा पँधेरामा बसोबास गरेको हुँदा पँधेरी वंशका नामबाट चिनिन्छ । हाल आएर संसारका प्रायजसो धेरै देशहरूमा गौतम वंशीहरूको बसोबास रहेको पाइन्छ । २९ ग श्रीदासका ३० भिमदास ३१ सर्पदास ३२ मुन्नाराम ३३ दण्डपाणी ३४ शोभाखर नामका छोराहरू थिए । ३२ औँ पुस्ताका ३२ क मुन्नाराम ३२ ख इन्दीवर गरी दुई भाइ थिए । सर्पदासका तीन वटी श्रीमती थिइन । दोस्रो श्रीमतीका तर्फबाट चन्द्रदेव र चक्रदेव गरी दुई भाइ छोराहरू थिए । तेस्रो श्रीमतीका तर्फबाट पाराश्वर नामका जाजरकोट रामीडाँडाँकी बाहुनीका छोरा थिए। दोस्रो श्रीमती जुम्लाको पुराण वाचक पण्डित विष्णुप्रसाद आचार्यकी छोरी दुई छोराहरू लिई गोतामकोटको धानचामलबाट सल्यान गौडाको हालको सल्यानको शदरमुकाम नजिकै रहेको त्यतिवेलाको (सुखौरा भन्ने स्थानमा गइ बसोबास गरिन । चन्द्रदेव र चक्रदेव जुम्लाका पुराण वाचक पण्डित आचार्यका भान्जाहरू भएको हुँदा पुरुत्याइँमा राम्रो दख्खल थियो ।
उनीहरूले पुरुत्याइँबाट राम्रो कमाई गरेका थिए । उनीहरू बढ्दै गए आम्दानी धेरै गरेकाले आसपासका मानिसहरू उनीहरू कहाँ पैसा वा ऋण लिन आउने गर्दथे । सबै पैसा वा ऋण लिनेहरूले साहु भन्ने गरेकाले सो सुखौरा नाम गरेको स्थानको नाम परिवर्तन भई उनीहरूकै पराक्रमबाट साउटोला नाम परिवर्तन भयो । सो स्थान हालसम्म पनि साहुटोला नामले प्रख्यात छ। साहुहरूको बस्ती भएको टोल साहुटोल रहेको हो ।
३२ औ पुस्ताका चन्द्रदेवका दुई छोराहरू ३३ क कृष्णानन्द ३३ ख उमापति दुवै भाइहरू बसाई सराई गरी दाङ जिल्लाको हापुरमा बसेको पाइन्छ। यो पुस्ताका ३४ शोभाकर ३५ खलुका (खलान) सन्तानहरू प्युठानमा बसोबास गरेको पाइन्छ । हाल यो वंशका घोराही, बर्दिया, काठमाडौँ, बुटवल, अर्घाखाँची, गुल्मी लगायतका स्थानमा बसोबास गरेको पाइन्छ। यस पुस्ताका मानिसहरू भारतको बलारामपुर, लखनउ, तुलसीपुर र बनारस लगायतका स्थानमा समेत बसोबास गरेको पाइन्छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा पुगेका हरिप्रसाद शर्मा यसै वंशमा पर्नुहुन्छ। प्रथम क्याबिनेट मन्त्री पूर्व गृहमन्त्री बामदेव गौतम पनि यसै वंश भित्र पर्नुहुन्छ। आजका मिति भन्दा करिब ६२० वर्ष पहिले रुकुमको गोतामकोटबाट हालको सल्यान जिल्लाको साउटोलमा बसेको र त्यसपछि दाङ जिल्लामा बसाई सराई गरेको मध्यका एक । दाङ जिल्लाबाट तीर्थ गर्न गुल्मीको रिडी नुहाउन गएको र यसरी तीर्थ गर्न जाँदा प्युठान गएको र रिद्धिबाट दाङ फर्किदा प्युठान आए। उनले त्यहाँका फाँटहरू राम्रा देखेपछि प्युठानी पौड्याल धरकी महिलासँग बिहे गरी दाङ फर्किए। दुई वटी श्रीमती भएपछि झगडा सुरु भयो ।
झगडा शान्त पार्नका लागी जेठी दाङमा र कान्छी प्युठानमा राखेको भन्ने भनाई प्युठानका प्रभावशाली नेता दिवाकर गौतमले प्रधानमन्त्री सुशील कोइरालाका पालामा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेट हुँदा दुई पक्षीय भेटघाटमा बताउनु भएको थियो । उहाँका अनुसार त्यति वेला प्युठानको भित्रीकोटमा काटै राजाको राज्य रहेको थियो। सो राज्य भित्र प्युठानका मनमोहक फाँटहरू पनि रहेका थिए । कान्छी पट्टीका खलानलाई त्यहाँको भित्रीकोटे राजाले प्युठानको क्वाडीमा रहेको फाँटलाई लालमोहर लगाई झाराखारा मिनाहा गरी उनलाई बिर्ताको रूपमा दिएका थिए रे । ३५औँ पुस्ताका (खलु) खलानलाई मुल गुरु पुरोहितका रूपमा राखेका थिए भन्ने भनाइ छ। प्युठानको तत्कालीन धर्मावती गा.बि.स.को रज्यांङमा कामीले छोएको धारामा नुहाएको र उनकै छोरीले बनाएको खाना खाएपछि बिहे भएका कारण उनी विटालु भए । हाल रज्यांङ गाउँमा करिब डेढ वडामा बिटालु गौतमहरू रहेका छन् ।
प्युठानमा आएका खलान देखी आफूसम्म ८ औँ पुस्ता भएको र पूर्व गृहमन्त्री तथा ने.क.पा. एमालेका प्रभावशाली पूर्व नेता बामदेव गौतम र आफूबीच काका भतिजा नाता पर्ने र हाल उनी बर्दिया जिल्लामा बसाई सराई गरेका हुन । २७ औँ पुस्ताका कावरीका छोराहरू २८ लक्ष्मीधर २९ दिवोदाश ३० रत्नदाश ३१ प्रताप ३२ क चन्द्रदेव ३२ ख खलिन भएको र ३३ हरिहर ३४ श्वयतमणी ३५क रत्नाखर ३५ ख खलु भनिने खलान २६ क इन्द्रेर भनिने इन्द्रिवरेश्वर ३६ ख श्रीधर भएको र खलान पट्टिका हाल प्युठान नगरपालिकाको क्वाडीमा बसोबास गर्ने गरेको र इन्द्रेरका सन्तानहरू खलान वंशका ४० औ पुस्ताका बृहस्पति प्युठानको स्वर्गद्वारी र भिंग्री, रूम्टी लगायतका स्थानहरूमा बसोबास गरेको पाइन्छ । इन्दिवरेश्वरका तीन छोराहरू बृहस्पति, रामानाथ र उमापति देखिन्छन् । बाल तपस्वी स्वर्गद्वारी महाप्रभु यसै वंश भित्रका ४४ औ पुस्ताका नारायण (जयराम) रहेको भन्ने खुल्न आएको छ । स्वर्गद्वारी महाप्रभुको वास्तविक नाम जयराम गौतम हो रे ।
चन्द्रदेव वंशका ३२ ख उमापतिका र कृष्णानन्दका सन्तानहरू दाङको हापुरमा बसोबास गरेको पाइन्छ । २६ औ पुस्ताका खलुका सन्तान प्युठानमा बसोबास गर्ने उमापति पट्टिका कान्छी श्रीमती पट्टिका हुन भन्ने खुल्न आएको छ। यस्तै खलु वंशका ४० औ पुस्ताका बृहस्पतिका सन्तानहरू प्युठान स्वर्गद्वारी र रोल्पाको रूम्टीमा बसोबास गरेको पाइन्छ । ३२ औ पुस्ताका चन्द्रदेव मध्येका उमापतिका सन्तानहरू ३३ उम। पति ३४ रामदाश ३५ तेजोनिधि ३६ खलु (नागेश्वर) ३७ दुवल ३८. किसनदाश ३९श्यामदाश ४० टेकनदाश ४१ जयराम (जयदाश। ४२ पारासर पारसरकी दुई वटी श्रीमती थिइन। जेठी आमाका छोरा एक मात्र ४३ भिमसेन जो दाङ्ग जिल्लाको घोराहीमा बसोबास गरे। कान्छी आमाका चार भाइ छोराहरू थिए ४३ क नागेश्वर ४३ ख भवानी प्रसाद ४३ ग रुपमाइत ४३ घ माथवरसिं थिए। यी चार भाइहरू कान्छी पट्टिका दाङको हापुरेमा बसोबास गर्दै आएका छन् ।
३२ औ पुस्ताका चक्रदेवका सन्तानहरू सल्यानकै साउटोलामा नै बसे । ३२. चक्रदेव ३३. उमेश ३४. रमेश ३५क. तेजप्रसाद ३५ख गोविन्द ३६ षडानन्द ३७. ब्रह्मदेव ३८. रामेश्वर उपाध्याय (फलावाङ्गी राजाका गुरु मुल पुरोहित भई बसेका ३९. तिलकराम उपाध्याय (फलावाङ्गी राजाका राजदरबारका डिट्ठा भई बसेका जुन पद हालको प्रधानन्यायाधीश सरह हुने गर्दथ्यो। यसै पुस्ताका रामेश्वर उपाध्याय भारतको बनारसबाट भाषा आचार्य पास गर्नुका साथै वेदमा पारङ्गत थिए रे । त्यति बेला सल्यानको फलावाङमा राजाको राजधानीको रूपमा स्थापना गरी फलावाङ्गी राजाहरू बसेका थिए । त्यति बेलाको फलावाङ राजाको राजदरबारलाई कालाराजाको दरबार पनि भनिन्थ्यो रे। त्यहाँका राजाहरूमा प्रताप शाह, तुला शाह, पृथ्वीपति शाह, कृष्ण शाह, रणभिम शाह त्यसपछिका राजा शमशेर बहादुर शाह सम्मले शासन सत्ताको बागडोर सम्हालेका थिए । त्यति बेलाका राजा समसेरबहादुर शाहले बनारसबाट भाषा आचार्य पास गरेका र वेदमा पारङ्गत भएका पण्डित रामेश्वर उपाध्यायलाई दरबारका राजाका मूल पुरोहित र राजगुरुका रूपमा राखे ।
रामेश्वरका छोरा पनि भारतको बनारसबाटै भाषा शास्त्री पास गरेर आए पछि राजगुरुका छोरा तिलकराम उपाध्यायलाई राजा समसेर बहादुर शाहले राजदरबारका डिट्ठा जस्तो गरिमामय पदमा नियुक्त गरेका थिए । त्यति बेलाको डिट्ठा हालको प्रधानन्यायाधीश सरह हुने गर्दथ्यो। राजा शमशेर बहादुर शाहले आफ्ना राजगुरु तथा उनका छोरा राजदरबारका डिट्ठा तिलकराम उपाध्यायलाई दाङको पथखौली, भितुरिया र ललौराको जग्गा खेतका लागी र घरबारी तथा घर बासका लागी दाङको माथिल्लो बिजौरीलाई पंजापत्रको छाप लगाई लालमोहर लगाई दिएपछि तिलकरामका सन्तानहरू दाङको बिजौरीमा बस्दै आएका छन् । तिलकरामका भाइ पुण्य प्रसादका सन्तानहरू सुर्खेततर्फ गएको र हाल उनीहरू सुर्खेत र कैलाली, सल्यान सुखौरा साउटोला, गुल्मी, चितवन, काठमाडौँ मोरङ्ग, सुनसरी लगायतका स्थानमा बसोबास गरेको पाइन्छ । यी सबै पुराना दस्ताबेजहरू, तथा वंशावलीका इतिहास र वंशावलीविद् करिब ९२ वर्षसम्मका मानिसहरूसँग गरिएको कुराकानीबाट केलाएर हेर्दा हालको दाङको घोराही, हापुर, प्युठानको क्वाडी, स्वर्गद्वारी र रोल्पाको रूम्टीमा रहेका गौतम (गोतामे) हरू एक भाइ चन्द्रदेवका सन्तानहरू, दाङको बिजौरीमा बसेका गौतमहरू, सुर्खेतमा रहेका गौतमहरू अर्को भाइ चक्रदेवका सन्तानहरू भएको प्रस्टसँग खुलेको छ। सुर्खेतमा रहेका चन्द्रदेवका सन्तानहरू कञ्चनपुर जिल्लामा बसाई सरी गएका थिए। यसै वंश भित्रमा कञ्चनपुरको पुनर्वासमा साहदत प्राप्त गर्नुभएका सहिद गोविन्द गौतम पनि यही खलकमा पर्नुहुन्छ ।
बर्माका छोरा ३५क बालीका र २ छोराहरू २६ क बलभद्र ३६ ख स्वामी बद्रीनाथ विद्वान तपस्वी भविष्यवाणी वेत्ता भएका कारण सेन वंशीय राजाको दरबारमा मकवानपुर गढीमा स्वामी बद्रीनाथले आफ्नो बौद्धिकता विलक्षणता प्रस्तुत गर्नु हुँदा राजाबाट ससम्मान राजगुरुको स्थानमा राखियो । स्वामीजीले धादिङको जीवनपुरमा अग्निहोत्री स्थलको निरूपण गर्नुभयो। राजाबाट बारा जिल्लाको मटेरिया मौजा गुरुलाई अतिथि सत्कार कोष र पसौना मौजा अग्निहोत्री खान्गी तथा वसन्तपुर पिप्राहा मौजा अग्निहोत्री गुरुका सन्तानहरूको भरण पोषणका लागि कुश बिर्ता स्वरूप ७०८ बिगाहा जग्गा राजाबाट लालमोहर भएको कुरा विभिन्न कालखण्डमा लेखिएका गौतम वंशावलीको इतिहासबाट खुल्न आएको छ। वि.स. १८१९मा बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट मकवानपुर राज्यलाई एकीकरण गरेपछि पनि उक्त मौजाहरू र अग्निहोत्री स्थान गौतम वंशमा यथावत् राखिएको तथा यो क्रम पछिका राजाहरूबाट पनि कायम हुँदै आएको कुरा लालमोहरहरूबाट प्रस्ट हुन्छ ।
स्वामी बद्रीनाथका छोरा ३७ विश्वेश्वर ३८ बालकृष्ण ३९ पं. मुरारी हुन पं. मुरारी तेह्रथुम जिल्लाको नेभार गाउँमा गई बसोबास गरेको तथा वि.सं. १८३९ मा राजाबाट लालमोहर प्राप्त गरेको ब्यहोरा सोही वंशका काठमाडौँ अनामनगर निवासी गौतमहरूको रहेको छ । यो कुरा त्यहाँ रहेको लालमोहरबाट देखिन्छ । हाल स्वामी बद्रीनाथका सन्तानहरू धादिङको जीवनपुर, मकवानपुर, काठमाडौँ, जनकपुर, तेह्रथुम लगायत देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्ने गरेको पाइन्छ। नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर प्रसाद उपाध्याय यसै वंशमा पर्दछन्। साहित्यकार ध्रुवचन्द्र गोतामे र धनुषचन्द्र गोतामे पनि यसै पुस्ता भित्र पर्नुहुन्छ । ३० ग श्रीदासका क्र.म.स. ३१. शशु ३२ वशु ३३. सगरू ३४वर्मा हुन् । बर्माका २ छोराहरू ३५ क बली ३५ ख वाचक हुन् । ३७ धुरूमणि हुन् । तीन छोराहरू ३८ क रामचन्द्र ३८ ख चन्द्रमणि ३८ ग सिदा हुन् । ३८ क रामचन्द्रका दुई छोराहरू ३९ क मङ्गल ३९ व बलबीर हुन। ३७ घुरूमणीका सन्तानहरू बागलुङको काठेखोलाबाट गुल्मी चन्द्रकोट डाँडाँवन, भिरखानी, अर्जेबास, भञ्ज्याङ्ग, पाल्पा, रुपन्देही, काठमाडौँ लगायत स्वदेश तथा विदेशका विभिन्न भागमा बसोबास गरेको पाइन्छ ।
३९ ख जगतपतिका २ छोराहरू ४० क षडानन्द ४० ख शान्तु हुन् । षडानन्दका सन्तानहरू गुल्मी जिल्लाको भिखानीमा, विशुखर्क किहुबाट फैलिएर पाल्पा, काठमाडौँ, भरतपुर, चितवन, लगायतका स्थानमा बसोबास गरेको पाइन्छ । ४० ख शान्तु ४१ बालानन्द हुन् । बालानन्दका सन्तानहरू गुल्मी अस्लेवाबाट विभिन्न स्थानमा बसोबास गरेको पाइन्छ । बलभद्र पुत्र ३७ ख कालु पाध्याका सन्तानहरू गुल्मी जिल्लाबाट फैलिएर काठमाडौ, भरतपुर, चितवन लगायतका स्थानहरूमा बसोबास गरेको पाइन्छ । संयुक्त राष्ट्रसङ्घका उपमहानिर्देशक जस्तो गरिमामय पदमा पुग्नु हुने र प्रथम पटक गौतम थर लेखी गोतामे घर परिवर्तन गर्ने कुलचन्द्र गौतम यसै वंशमा पर्नुहुन्छ । बलभद्र पुत्र ३७ ग. श्रीकृष्ण बागलुङ जिल्लाको सारङ्ग, भञ्ज्याङ्गबाट जुहाङ्ग आई बसोबास गरेको पाइन्छ । हाल श्रीकृष्णका सन्तानहरू गुल्मी, जुहाङ्ग, र काठमाडौँ लगायतका विभिन्न स्थानमा बसोबास गरेको पाइन्छ । श्रीधर पुत्र ३० विश्वनाथ ३१ श्रीदाश ३२ गिरीधरका घुरु हुन् । घुरुका ३४ पितु हुन् । पितुका तिन छोराहरू २५ क देवल ३५ ख गोविन्द ३५ ग बामदेव हुन् । ३५ ख गोविन्दका सन्तानहरू सल्यानको साउटोला (सुखौरा) बाट गुल्मी र पाल्पा जिल्लाका विभिन्न स्थानमा बसोबास रहेको पाइन्छ । श्रीधर पुत्र ३० घ गिरीधारीका सन्तानहरू अर्घाखाँची, खिदिम, गोर्खा लगायतका स्थानहरूमा फैलिएको पाइन्छ । लक्ष्मीधर पुत्र २९ ख हरिदासका सन्तानहरू बागलुङ जिल्लाको मूलपानीबाट पाल्पा, रुपन्देही, सालझुण्डी, बुटवल, चितवन, काउखोला, कुस्मा, पर्वत, जनकपुर, मोरङ, काठामाडौँ लगायत देश विदेशका विभिन्न भागमा रहेको पाइन्छ ।
लक्ष्मीधर पुत्र २९ क दिवोदाशका ३० रत्नदाश हुन् । रत्नदाशका दुई छोराहरू ३१ क रुक्माङ्गत ३१ ख प्रताप हुन् । ३१ क रुपमाङ्गतका तीन छोराहरू ३२ क इन्दिवर ३२ ख नरोत्तम ३२ ग पूर्णेश्वर हुन् । नरोत्तमका सन्तानहरू रुकुमका विभिन्न स्थानहरूमा दाहेमष्टलाई कुल देवताको रुपमा पूजा गर्ने र बोकाको बली दिने गर्दछन् । यो वंशका मानिसहरू रूकुमको आठबीसकोट, दुली, मग्मा, पिपल, पोखरा, मुरू, पेउघा, जाङ्गको खराङ्ग, चौरजहारीको लापुले गाउँ लगायतका स्थान र हाल देश विदेशका विभिन्न भागमा बसोबास रहेको पाइन्छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमका संस्थापक अध्यक्ष नदीराम के. सी. बाँफिकोट गा.पा. ८ नं. वडाका पूर्व अध्यक्ष मनबहादुर के.सी. र त्रिवेणी गा.पा.१० नं. का पूर्व वडाका वडा अध्यक्ष शेरबहादुर के.सी.यसै वंश भित्र रहनु भएको छ । पुर्णेश्वर गोतामकोटमा नै बसोबास गरेको पाइन्छ । हालसम्म गोतामकोट, जाजरकोटको बारेकोट, खगेनकोट, डॉरागाउँ लगायत डोल्पा र जुम्लामा बसोबास भएका गौतमहरू यो वंशमा रहेका छन् । ३२ क इन्दिवरका सन्तानहरू रुकुम जिल्लाको रुकुमकोट, चौरजहारी र मुसिकोटमा बसोबास रहेको छ ।
इन्दिवरका तीन भाइ छोराहरू ३३ क साधुराम ३३ ख जीवदाश ३३ ग ओमशङ्कर हुन् । साधुराम वंशका चौरजहारीमा बस्ने गर्दछन् । रुकुमबाट प्रतिनिधित्व गर्ने पूर्व सांसद तिर्था गौतम र उहाँका पति तथा रुकुमका कम्युनिस्ट नेता यदु गौतम पनि यसै वंशमा पर्नुहुन्छ । यस वंशको हालसम्म मेल फाटेको छैन । जीवदासका सन्तानहरू रुकुमको मुसिकोटको सेरीगाउँ, धर्पुडिग्रे, कोलटाकुरा, कुनावाङ्ग, काम्ले, डाँडीगाँउ, सोलावाङ्ग, टेवाखोला, भलाक्चा, बसिवाङ्ग, चापा लगायत दाङ्ग, नेपालगञ्ज, बर्दिया, कैलाली, बुटवल काठमाडौँ लगायत देशविदेशका विभिन्न स्थानमा बसोबास रहेको छ। जीवदाशका माहिला छोरा रूद्रणीका वंश भित्रका पूर्व सांसद ४५ औ पुस्ताका नेपाली काँग्रेसका नेता कृष्णप्रसाद गौतम (बहुदल बाजे) यसै वंश भित्र पर्दछन् । मुसिकोट नगरपालिका वडा नं. ०१ का पूर्व वडा अध्यक्ष बिरबल के.सी पनि यसै वंश भित्र रहनुभएको छ । यसै वंश भित्रका जीवदासका साइँला छोरा लालमणि (धर्मदास) वंश भित्रका ४६ औ पुस्ताका रुकुमका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक स्कन्द शर्मा र ४६ औ पुस्ताका मुसिकोट नगरपालिका रुकुम (पश्चिम) का प्रथम नगर प्रमुख रुकुमका पुराना नेता देवीलाल गौतम पनि यसै वंश भित्र कै महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा पृथक् स्थान हासिल गर्न सफल र नेपालकै सन्दर्भमा सधैँ चर्चित उज्यालो नेपालका संस्थापक, उज्यालो रुकुमका प्रवर्तक नेपालको इतिहासमा प्रथम शान्ति तथा पुनर्निर्माण मन्त्री, ऊर्जा मन्त्री र गौतम परिवारकै तर्फबाट बामदेव गौतम पछिका दोस्रो गृहमन्त्री ४७ औ पुस्ताका जर्नादन शर्मा (प्रभाकर) पनि यसै वंशभित्र कै व्यक्तित्व हुनुहुन्छ । डा. नवराज गौतम, डा दीपक गौतम पनि यसै वंश भित्र रहनु भएको छ । ने.क.पा. माओवादी केन्द्रका नेता वसन्त गौतम र कर्णाली प्रदेशका पूर्व भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला के.सी.यसै पुस्ता वंश भित्र रहनुभएको छ । मु.न.पा.वडा नं.०५ का पूर्व वडा अध्यक्ष सुशील गौतम पनि यसै वंश भित्रका ४७ औ पुस्ताका हुन् । जीवदासका कान्छा छोरा धनञ्जयका वंश भित्रका मु.न.पा.६नं. वडाका पूर्व अध्यक्ष वसन्तकुमार गौतम पनि यसै वंश भित्र रहनु भएको छ । ३३ जीवदास ३४ रुद्र मणि ३५ बलिदास ३६ भिमदाश ३७ हेमन्त ३८ शङ्कर ३९ खलु ४० बीरबल ४१ सेतु ४२ कर्ण. ४३ झाउरू ४४ पदम ४५ गङ्गाराम ४५ साउनी (बज्यै) ४६ वीरबहादुर (बाबा) ४६ यामकुमारी (आमा) ४७ ओम बहादुर खत्री (गौतम) ४७ रुपा खत्री गौतम (श्रीमती) ४७ दुर्गा के.सी. दाहाल (दिदी) ४८ विशाल के.सी. गौतम (छोरा) ४८ अर्चना के.सी. गौतम (छोरी । ४८. नेपोलियन के. सी. गौतम (छोरी) ४८ रहन आएका छन् ।
चौरजहारी, मुसिकोट र रुकुमकोटका गौतमहरूको वृत्तान्त सात पीढी पुगेको छैन । मुसिकोटका गौतमहरूको हाल ४९ पुस्ता चलिरहेको छ। चौर अन्तर्गत हालसम्म यसै वंश भित्रका ओमशंकरका सन्ततिहरू रुकुमको रुकुमकोटमा बसोबास गर्दछन्। यसै वंश भित्रका ४४ औ पुस्ताका भुवनेश्वर उपाध्याय वि.स. २०१५ सालको आम निर्वाचनमा रुकुमबाट माननीय भइसकेका छन् । ने.क.पा. एमालेका नेता नन्दलाल शर्मा, टिकाराम उपाध्याय, सिस्ने गा.पा.का पूर्व अध्यक्ष कुमारी बराल, निजामती कर्मचारी सङ्गठनका केन्द्रीय महासचिव रेवन्त गौतम लगायत यस वंशमा पर्दछन् । रूकुमेली साहित्य आकाशका प्रथम कवि नन्दलाल उपाध्याय र रुकुमेली कृतिका हिसाबले प्रथम कृतिकार वि.सं. २००४ साल "दारे जैतमका पुस्ता" नामक कविता सङ्ग्रहका लेखक मोहनलाल गौतम यसै वंश भित्र रहनु भएको छ । ओम शङ्करका रुकुमकोटमा आला ओखावाङ मेल मणिरत्न उपाध्याय, आला माथिघर कालिदास मेल, आला नायकडेरा जगन्नाथ उपाध्याय मेल, आला चोत्राबोट षडानन्द मेल, आला ज्योतिष मेल जसीराम उपाध्याय र बाउनठानाको गतीपती उपाध्याय मेल गरेर जम्मा ६ मेल रहेको छ । हालसम्मको नयाँ पुस्ताबारी ४९ पुस्तासम्म पुगेको छ ।
यसरी हेर्दै जाँदा म लेखक ओमबहादुर खत्री गौतम ४७ औ पुस्तामा रहेको छु । काव्य कुञ्जका ऋतुभद्रदेखि मेरो पुस्तासम्म ४७ औ पुस्ता पुगेको छ। नेपालमा गौतम वंशको इतिहासलाई केलाएर हेर्ने हो भने नेपाल निर्माणको कालखण्डमा महत्त्वपूर्ण भूमिका गौतम वंशका विभिन्न पुस्ताहरूले निभाएको इतिहासका पानाबाट प्रस्ट बुझ्न सकिन्छ । सत्यलाई नकार्न मिल्दैन । गौतम वंशका विभिन्न तह तप्का जस्तै प्रशासनिक क्षेत्रको माथिल्लो पदमा रहेर पुऱ्याएको योगदान, न्यायिक क्षेत्रको माथिल्लो क्षेत्रमा रहेर पुऱ्याएको योगदान, प्राध्यापनको क्षेत्रमा रहेर पुऱ्याएको योगदान, नेपाली साहित्यको क्षेत्रमा पुऱ्याएको योगदान र व्यवस्थापिका र कार्यपालिकामा निभाएको भूमिकालाई उच्च मूल्याङ्कन गरिनुपर्दछ। आगामी दिनहरूमा समेत अझ बढी उत्साहका साथ यो वंशका सबै पुस्ताहरू इमान्दारीतालाई कायम राख्दै असल राष्ट्र निर्माणका खातिर लाग्नुपर्दछ । हाम्रो गौरवपूर्ण इतिहासको विरासतलाई आम गौतमहरूले जोगाइराख्न आवश्यक छ ।
राप्ती साहित्य परिषद् रुकुम पश्चिमको प्रकाशन प्रदीप्त दियालोबाट
लेखक राप्ती साहित्य परिषद्का सचिव तथा निजामती कर्मचारी हुनुहुन्छ ।