Kakhara सबैको खबर सम्पूर्ण खबर
बाजुरा केन्द्र भएर भूकम्प गयो, रुकुम पश्चिममा पनि धक्का महसुस

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प गएको छ । गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार शनिवार बिहान ४ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किँदै होहल्ला गरेका हुन् । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन । 

भूकम्पको धक्का रुकुम पश्चिममा पनि महसुस भएको थियो । गत वर्ष जाजरकोट केन्द्र भएर गएको भूकम्पले ठुलो क्षति गरेकोले यस क्षेत्रका मानिसमा भूकम्पको त्रास रहेको छ । 

 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update