च्याम्पियन
जनकपुरले जित्याे पहिलाे संस्करणकाे एनपिएलकाे उपाधि
जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो ।
सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो । फाइनलअघि मिडियासँगको कुराकानीमा जनकपुरका कप्तान आसिफ शेखले फाइनलमा राम्रो क्रिकेट खेल्ने बताएका थिए ।
उनले भनेजस्तै फाइनलमा जसले राम्रो क्रिकेट खेल्यो । उसैले जित्यो । बलिङमा सुरुमा रन खर्चिए पनि पुनरागमन गर्दै सुदूरपश्चिमलाई १८४ रनमै रोकेपछि जनकपुरले जवाफमा उत्कृष्ट ब्याटिङ गर्दै खेल जितेको हो ।
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१ १६:१६
प्रतिक्रिया दिनुहोस्