रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा रहेको मुसिकोट खलंगा बहुमुखि क्याम्पसले स्नातक तह प्रथम सेमेष्टरका विद्यार्थीलाई स्वागत तथा आठौँ सेमेष्टरका विद्यार्थीलाई विदाई गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी स्वतन्त्र विद्यार्धी यूनियन मुसिकोट खलंगा बहुमुखि क्याम्पसले विद्यार्थीलाई स्वागत तथा विदाई गरेको हो । क्याम्पसमा स्नातक तह प्रथम सेमेष्टरमा भर्ना भएका ४० जना नयाँ विद्यार्थीलाई अविर, दोसल्ला लगाएर स्वागत गरिएको थियो । भने स्नातक तह पुरा गरेका आठौँ सेमेष्टरका २० जना विद्यार्थीलाई मायाको चिनो सहित अविर, दोसल्ला ओढाएर विदाई गरिएको स्ववियू सभापति रमेश लामिछानेले जानकारी दिनुभयो ।
क्याम्पसमा स्नातक तर्फ विएड, विविएस र विएतर्फका विभिन्न विषयमा पठनपाठन भइरहेको छ । आर्थिक रुपले विपन्न दलित जनजाती विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था हुनुकै साथै क्याम्पसमा छात्राहरुको लागि छात्रावासको व्यवस्था समेत रहेको छ ।
विदाई हुने आठौँ सेमेष्टरका विद्यार्थी अशिम केसीले नयाँ भर्ना हुने विद्याथीहरु उज्वल भविश्य देखेर मुसिकोट बहुमुखि क्याम्पसमा अध्यन गर्न आएको कुरा उल्लेख गर्दै विद्यार्थीले पाउने शिक्षामा कुनै कमि नर्गन क्याम्पस प्रशासनलाई सुझाव दिनुभएको थियो । बेला बेला सम्बन्धित विषयको अध्यापन गराउने शिक्षकको समस्या हुने गरेकामा यसलाई पनि सुधार गरेर जानुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा स्वागत तथा विदाई गित, मुक्तक, कविता बाचन समेत गरिएको थियो । स्ववियू सभापति लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रध्यापक मुकुन्द्रप्रसाद शर्मा, दिपक लामिछाने, नरबहादुर ओली, अखिल क्रान्तिकारीका पूर्व जिल्ला अध्यक्ष नारायण केसी, जिल्ला इन्चार्ज शुशिल विष्ट, स्ववियू कोषाध्यक्ष दुर्गाप्रसाद विक लगायत पत्रकारकाे आतिथ्यता रहेको थियो । स्वागत तथा विदाई मन्तव्य स्ववियू उपाध्यक्ष करिष्मा केसीले राखेको कार्यक्रमको संचालन स्ववियू सदस्य यमराज डाँगीले गर्नुभएको थियो ।