रुकुम पश्चिममा ३२ जना कोरोना संक्रमित थपिए
रुकुम पश्चिममा ३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लाभरमा ४६ जनामा परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल र जिल्लाका बिभिन्न स्थानीय तहमा परीक्षण भएको छ । जिल्ला अस्पताल सल्लेमा १८ जनामा गरिएको परीक्षणमा १० जनामा, आठबीसकोट नगरपालिकामा ४ जनामा गरिएको परीक्षणमा १ जनामा र चौरजहारी नगरपालिकामा २४ जनामा गरिएको पिसिआर परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सानीभेरी, बाँफिकोट र त्रिबेणि गाउँपालिकामा भने आज परीक्षण भएन् ।
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८ १७:४७
प्रतिक्रिया दिनुहोस्