ख्रीष्टमस विश्वव्यापी रूपमै उत्सव र चाडको समय हो । विश्वभरिका मानिसहरू आ–आफ्ना धर्म र आस्थाअनुसारका चाड र उत्सवहरू जहाँ भए पनि मनाएकै हुन्छन् त्यसरी ख्रीष्टियन धर्ममा आस्था राख्नेहरू संसारभर छरिएर रहेका छन्, ख्रीष्टमसको समयमा विभिन्न उत्सव मनाउँछन्, यसलाई उत्सवको रूपमा ख्रीष्टियन आस्था नराख्नेहरूले पनि मनाउने भएकोले यो पर्व अझ विश्वव्यापी भएको हो ।
ख्रीष्टियन मतमा आस्था राख्नेहरू ख्रीष्टमसलाई अत्यन्त महत्वका साथ लिन्छन् । मानिसहरूसँग मिलेर सँगसँगै ख्रीष्टमसको उत्सवमा सद्भाव र सहभागितामा ख्रीष्टका अनुयायीहरूका लागि त यो उत्साहको दिन, विशेष दिन नै हो ।
यो उत्सव बाइबल धर्मशास्त्र अनुसार मानिसको उद्धारको लागी पाप क्षमा को लागी र अनन्त जीवनको लागी मानिसलाई परमेश्वर सँग मिलापमा ल्याउनको लागी सृष्टिकर्ता ईश्वरले ख्रीष्टि येशु बनेर यस संसारमा आउनु भएको महान् दिन हो । बाइबल धर्मशास्त्र लुका २ः९—११ सम्म यसरी लेखिएको छ, प्रभु का एक जना स्वर्गदूत तिनीहरूकहाँ देखा परे र प्रभुको तेज तिनीहरूका वरी परि चम्क्यो , अनि तिनीहरू साह्रै डराए । तब स्वर्गदूतले तिनीहरूलाई भने नडराओ किनभने हेर,तिमिहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु , जो सबै मानिसहरूका निम्ति हुनेछ । आज दाऊदको सहरमा तिमिहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ ,जो ख्रीष्ट प्रभु हुनुहुन्छ ।
यस कारण ख्रीष्ट येशुको जन्म ख्रीष्टियनहरुको लागी मात्र हैन तर सबै मानव जातीको लागी भएको हो । बाइबल धर्मशास्त्र अनुसार येशु मात्र ईश्वरकहाँ पुग्ने एउटै मात्र बाटो, सत्य र जीवन हुनुहुन्छ ।
अन्तमा मुसिकोट एजी चर्चको तर्फ बाट सारा बिश्वभरी छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई ख्रीष्ट जन्म उत्सवको हार्दिक शुभकामना सहित सुख शान्ति र सम्मृद्घिकाे कामना गर्दछौ ।
लेखक मुसिकाेट एजी चर्चका पास्टर हुनुहुन्छ ।