Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन रुकुम पश्चिमको अध्यक्षमा बाेहरा 

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन रुकुम पश्चिमको प्रथम जिल्ला अधिवेशन नेकपा एमाले पार्टी कार्यालय बागबजारमा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख जीवन खडकाको सञ्चालन र सङ्गठनका अध्यक्ष अतिराम बोहराको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनका केन्द्रीय अध्यक्ष विनोद पाण्डेकाे प्रमुख आतिथ्यता रहेको थियो । 

अधिवेशनले अतिराम बोहराको अध्यक्षतामा ७ सदस्यीय नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन जिल्ला कमिटी रुकुम पश्चिम सर्वसम्मत चयन गरेको छ । सङ्गठनको उपाध्यक्षमा हरिराम कुसारी, सचिवमा जनक लामिछाने, सहसचिवमा सन्तोष दाहाल र कोषाध्यक्षमा मानबहादुर खडका चयन हुनुभएको छ । भने सदस्यमा त्रिपाल चन्द र थलवीर गिरी चयन हुनुभएको छ ।

कार्यक्रममा प्रमुख वक्ताको रूपमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनका इन्चार्ज खेममान खडका रहनुभएको थियो । कार्यक्रममा नेकपा एमाले रुकुम पश्चिम जिल्ला कमिटी अध्यक्ष नन्दराम देवकोटा, सङ्गठनका केन्द्रीय सचिव सुधीर थापा, केन्द्रीय उपमहासचिव मदन केसी, नेकपा एमाले पोलिटब्युरो सदस्य तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनका इन्चार्ज खेममान खडका र प्रमुख अतिथि तथा सङ्गठनका अध्यक्ष विनोद पाण्डेले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update