
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखमा एक ब्यक्ति मृत फेला परेका छन् । वडाको पाखागाउँका ४७ वर्षीय तुल्सीराम घर्ती मृत फेला परेका हुन् । घर्तीको आफ्नै गोठ नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घर्ती शुक्रबार साँझ पशुचौपायलाई घाँस हाल्न भनेर गोठमा गएका थिए ।
घाँस हाल्न गएका घर्ती घर नफर्किएपछि खोजि गर्दा स्थानीयले शनिबार विहान मृत फेला पारेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । स्थानीयले प्रहरीलाई खवर गरे पश्चात अस्थायी प्रहरी चौकी साँखबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पाठकको नेतृत्वमा पनि अनुसन्धान टोली घटनास्थल पुगेको छ ।
मृत्युको कारण अनुसन्धानपछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ ।