मुसीकोटका अर्का कोरोना संक्रमितको मृत्यु
मृतककाे संख्या १३ पुग्याे ।
रुकुम पश्चिममा अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । मुसीकोट नगरपालिका ३ का ४७ वर्षिय कोरोना संक्रमितको जिल्ला अस्पतालको आईसोलेसनमा मृत्यु भएको हो । उनको बेलुकी साढे ५ बजेतिर मृत्यु भएको जिल्ला अस्पतालका डा.राजकुमार भुजेलले जानकारी दिनुभयो । उनि बैशाख २९ गते जिल्ला अस्पतालको आईसोलेसनमा भर्ना भएका थिए । कोरोना संक्रमणका कारण उनमा कडा खालको निमोनिया देखा परेको डा. भुजेलले बताउनुभयो । यो संगै जिल्लामा मृतको संख्या १३ पुगेको छ । पछिल्ला केहि दिन देखि जिल्लामा दिनमा एक जनाको मृत्यु भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८ १८:५२
प्रतिक्रिया दिनुहोस्