Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र भूमेको अध्यक्षमा दिपक पुन

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पूर्वको भूमे गाउँपालिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिएको हो । नयाँ गाउँ समिति सर्वसम्मत रुपमा चयन गरिएको माओवादी केन्द्र रुकुम पूर्वले जनाएको छ ।

भूमे गाउँपालिका वडा नम्बर २ खाबाङबगरमा भएको तेस्रो अधिवेशनबाट दिपक पुनको अध्यक्षतामामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । जसको उपाध्यक्षमा नाारायण पुनमगर, टेकप्रसाद बुढा, कमल बुढा, सचिवमा ओमकुमारी राना, सह सचिवमा कुमार विक र कोषाध्यक्षमा  रामचन पुन निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रले रुकुम पुर्व र  पश्चिममा अधिवेशन मार्फत पालिकामा नयाँ कार्यसमिति  निर्माण गरिरहेकाे छ । 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update