चर्चित मोडल तथा अभिनेता पल शाह अभिनित ‘करीमैले पो के गर्छ काइँला’ सार्वजनिक भएको छ । नारायणी खत्री युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ । उक्त गीतको छायाङ्कन रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको तकसेराका विभिन्न ठाउँमा खिचिएको थियो ।
गीतको छायाङ्कनका लागि पल शाह सहितको टोली केही दिन अघि मात्र तकसेरा पुगेको थियो । गीतको भिडिओमा पल शाह सहित नारायणी खत्रीको मुख्य अभिनय रहेको छ । लोक लयमा रहेको गीतमा खेम सेन्चुरी र देवी घर्तीको स्वर रहेको छ । नारायणी खत्रीको प्रस्तुति यस गीतको लिरिक्स नेत्र अर्यालको हो भने म्युजिक खेम सेन्चुरीको हो ।
तकसेरामा सफल चलचित्र घरज्वाइँ खिचिएको थियो । त्यस्तै रुकुम पूर्वकै पुथाउत्तरगंगा गाउँपालिकाको मैकोटमा खश्मा चलचित्र खिचिएको थियो । उक्त चलचित्रको रुकुम मैकोट बोलको गीत बहुचर्चित बनेको थियो । यो गीतले रुकुमको चर्चा अन्तर्राष्ट्रिय रूपमा समेत गराएको थियो । पछिल्लो समय रुकुम पूर्वमा विभिन्न चलचित्र तथा म्युजिक भिडिओहरू खिच्ने क्रम बढेको छ ।
रुकुम पूर्वको भूगोल, मगर संस्कृति, एकै ठाउँमा चिटिक्क परेका गाउँले चलचित्र तथा म्युजिक भिडिओ निर्माताहरूको ध्यान तानिरहेको छ ।