नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । पालिकाको ४ नम्बर वडा स्थित सहिद स्मृति सभा हलमा दुई दिनसम्म चलेको तेस्रो पालिका अधिवेशन आइतबार राती सकिएको हो । अधिवेशनले दक्ष पुनको अध्यक्षतामा ४ जना पछि थप्ने गरी ४१ सदस्यीय नयाँ पालिका समिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा शौरव केसी, हरि विक, मनकला पुन, सचिवमा तुलबहादुर देवकोटा, सह - सचिवमा जयबहादुर मल्ल र कोषाध्यक्षमा देउसरा केसी चयन हुनुभएको हो ।
नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको नेकपा माओवादी केन्द्र बाँफिकोटले जनाएको छ । यस अघि त्रिवेणी र सानीभेरी गाउँपालिका तथा मुसिकोट नगरपालिकामा पनि सर्वसम्मत नयाँ नेतृत्व चयन भइसकेको छ । चौरजहारी नगरपालिका सहमति जुट्न नसकेपछि निर्वाचन मार्फत नयाँ नेतृत्व चयन हुने भएको छ । भने आठविसकोट नगरपालिकामा सहमतिको प्रयास भइरहेको बताएको छ । सहमति नभए निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्र आठविसकोटले जनाएको छ ।