नेकपा (माओवादी केन्द्र) आठविसकोट नगरपालिकाको नयाँ नेतृत्व निर्वाचन मार्फत टुङगिएको छ । शनिबारबाट सुरु भएको तेस्रो नगर अधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसक्दा निर्वाचन प्रक्रिया मार्फत सोमबार नयाँ नेतृत्व टुङगिएको हो । अध्यक्ष, उपाध्यक्ष र सह-सचिवमा मतदान भएको थियो । अध्यक्ष पदमा मनिराज बटालाले २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी धनबहादुर बस्नेतले १३ र टिकाराम सुनारले ११ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा ३२ मत प्राप्त गरी खुम्बे कुसारी, २८ मत प्राप्त गरी सिता शाह र २७ मत प्राप्त गरी टेकबहादुर थापा विजयी हनुभएको छ ।
उहाँका प्रतिस्पर्धी केशरमान विकले २२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सह-सचिवमा खुमराज ओलीले २८ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी कविराम विकले १५ मत प्राप्त गर्नुभयो । जम्मा ४८ मत खसेको थियो । सचिवमा दलजित विक र कोषाध्यक्षमा रुपा विक निर्विरोध निर्वाचित हुनुभएको छ । ६ जना पछि थप्ने गरी ४९ सदस्यीय नगर समिति निर्माण गरिएको नव निर्वाचित अध्यक्ष मनिराज बटालाले जानकारी दिनुभयो । सदस्यहरु भने सर्वसम्मत चयन गरिएको उहाँले बताउनुभयो ।
त्रिवेणी, सानीभेरी र बाँफिकोट गाउँपालिका तथा मुसिकोट नगरपालिकामा आइतबारनै नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । भने चौरजहारी नगरपालिकामा अझै नयाँ नेतृत्व टुङगो लाग्न सकेको छैन् ।