जनप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुकुम पश्चिमको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा भएको साधारण सभा आर्थिक तथा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको हो । सहकारीका संचालक समितिका अध्यक्ष बसन्तकुमार शर्माले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गरेको बार्षिक तथा आर्थिक प्रतिवेदनमा संस्थाको वित्तिय विवरण तर्र्फ २०८० असार ३१ मा संस्थाको १ करोड ८३ लाख ४४ हजार ५ सय ७२ रुपैयाँ ६५ पैसाबाट ३६ दशमलव ५४ प्रतिशत बढेर २०८१ असार ३१ सम्म २ करोड ५० लाख ४९ हजार ३ सय ९४ रुपैयाँ पुगेको छ ।
संस्थाले गत आर्थिक वर्षमा २०८०÷०८१ मा ७ लाख ८० हजार ५ सय १२ रुपैयाँ ३५ पैसा आम्दानी गरेको छ । भने अघिल्लो आर्थिक वर्षको २९ हजार ५ सय १२ घाटा कटाएर ७ लाख ५१ हजार रुपैयाँ बचत रहको छ । बचत रहेको रकम नियम अनुसार कोष विभान गरी प्रति शेयर लाभांस ३ दशमलव १८ प्रतिशत र कारोबारको आधारमा पुँजीकोष वितरण गर्न १ लाख २६ हजार १ सय ७७ रुपैयाँ ८९ पैसा व्यवस्थापन गरेको संस्थाका अध्यक्ष शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०७७ जेठ १४ गते स्थापना भएको सहकारीमा हाल २ सय ९० जना शेयर सदस्य रहेका छन् । साधारण सभाबाट आजै नयाँ नेतृत्व चयन हुने संस्थाले जनाएको छ ।