मकै भण्डारणकाे अनाैठाे तरिका
रुकुम पूर्वमा मकै भण्डारण गर्ने अनाैठाे तरिका (फाेटाे फिचर)
रुकुम पूर्वका गाउँहरु मकैले सजिएका छन् । यहाँका प्रत्येक घरमा आकर्षक तरिकाले गरिएको मकै भण्डारणले गाउँलाई आकर्षक बनाएको छ । यहाँका प्रत्येक घर बाहिरै मकै झुन्ड्याएर भण्डारण गरिएको छ ।
बाहिरै मकै भण्डारण गर्दा किरा नलाग्ने तथा मकै राम्रो हुने स्थानीय बताउँछन् । असोज, कार्तिक तिर बारीबाट ल्याएको मकै स्थानीयले घर बाहिरै भण्डारण गर्ने गरेका छन् ।
यसरी भण्डारण गरिएको मकै माघ, फागुन तिर निकालेर सिधै पिस्न मिल्ने स्थानीय बताउँछन् ।
फाेटाेमा हेर्नुहाेस रुकुम पूर्वकाे भूमे गाउँपालिका ६ महतमा घर बाहिरै भण्डारण गरिएकाे मकै
फाेटाेः मनिष खड्का/कखरा ।
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१ १५:४१
प्रतिक्रिया दिनुहोस्