Kakhara सबैको खबर सम्पूर्ण खबर
अरुणकाे परिवारलाई भूकम्प प्रतिरोधात्मक नमुना घर

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ रावलबाराका अरुण देवकोटाको परिवारलाई भूकम्प प्रतिरोधात्मक नमुना घर हस्तान्तरण गरिएको छ । कम्युनिटी इनपेट नेपाल तथा विल्डप नेपालको समन्वयमा आइओएम नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक नमुना घर हस्तान्तरण गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरी  देवकोटाको परिवारलाई मुसिकोट नगरप्रमुख महेन्द्र केसीले नमुना घरको चावि र प्रामाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

विपन्न परिवारलाई छनोट गरी भूकम्प प्रतिरोधात्मक घर निर्माण गरी हस्तान्तरण गरिएको हो । अरुण शारीरिक रुपले अपांग समेत हुनुहुन्छ । भूकम्प प्रतिरोधात्मक नमुना घर दुई कोठाको निर्माण गरिएको छ । घर नजिकै शौचालय पनि निर्माण गरिएको छ । घर र शाैचालय  करिव १० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको कम्यूनिटी इनपेट नेपालका सिभिल इन्जिनियर राजकपुर लिम्बुले बताउनुभयो । उहाँका अनुसार ३२ दिन लगाएर नमुना घरसहित शौचालय निर्माणको काम सम्पन्न गरिएको हो । घर निर्माणमा इन्टरलक इटा प्रयोग गरिएको छ । घरमा  १७ सय २६ र शौचालय निर्माण गर्दा ३ सय ५० इटा प्रयोग भएको उहाँले बताउनुभयो । WhatsApp-Image-2025-01-01-at-09.47.13_197f19d1-1735727539.jpg

जेरा परियोजना मार्फत भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका १३ वटा स्थानीय तहमा भूकम्प प्रतिरोधात्मक नमुना घर निर्माणको काम भइरहेको आइओएम नेपालका इन्जिनियर विकास न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तराष्ट्रिय आप्रवासन संगठन नेपाल(आइओएम)ले भूकम्प प्राभावित क्षेत्रलाई लक्षित गरेर नमुना घर निर्माण गरिरहेको छ । भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गरेर  मानवीय तथा भौतिक क्षति हुनबाट जोगाउन, भोली आउने चुनौतीबाट सुरक्षित हुन राष्ट्रिय भवन आचारसहिंताले प्रावधान गरेका न्युनतम मापदण्डलाई समावेश गरी बलियो भुकम्प प्रतिरोधात्मक घर निर्माण गरिएको इन्जिनियर न्यौपालने बताउनुभयो । पुनः निर्माण गर्दा दक्ष जनशक्ती आवश्यक पर्ने भएकाले डकर्मीहरु उत्पादन गर्न तालिम समेत प्रदान गरिरहेको उहाँले बताउनुभयो । 

रुकुम पश्चिमका ६ वटा स्थानीय तहरुमा १४ वटा भूकम्प प्रतिरोधात्मक नमुना घर निर्माणको काम चलिरहेको कम्युनिटी इनपेटका सामाजिक परिचालक सत्यबहादुर बटालाले जानकारी दिनुभयो । केही स्थानीय तहमा घर निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरिसकिएको र केही स्थानीय तहमा नमुना घर हस्तान्तरण गर्न बाँकी रहको उहाँले बताउनुभयो । 

भूकम्प प्रतिरोधात्मक नमुना घरमा बस्न पाउँदा खुसी लागेको घरधनी अरुणले बताउनुभयो । ‘‘हाम्रो आर्थिक अवस्थाले घर निर्माण गर्न सक्ने अवस्था थिएन, विभिन्न संघसंस्थाहरुको सहयोगले सुरक्षित घर सहित शौचालय निर्माण भएको छ, हाम्रो परिवारमा खुसी छाएको छ’’ अरुणले भन्नुभयो । भूकम्प प्रतिरोधात्मक घर निर्माण भएकाले अव भूकम्पले क्षति गर्ने चिन्ता छैन उहाँले भन्नुयभो । घर निर्माण गर्न नसक्ने अवस्थामा रहेका देवकोटाको परिवारलाई संघसंस्थाहरुले घर निर्माण गरेर  ठुलो सहयोग पुर्याएको मुसिकोट नगर प्रमुख महेन्द्र केसीले बताउनुभयो । पुर्ननिर्माण लगायत अन्य विकास निर्माणका काममा संघसंस्थाहरुलाई मुसिकोट नगरपालिको तर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता समेत ब्यक्त गर्दै सहयोग गर्ने  संस्थालाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

मुसिकोट नगरपालिका १ नम्बर वडा अध्यक्ष ज्ञानुचन्द्र चन्दको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगर प्रमुख केसीको प्रमुख आतिथ्यता रहको थियो । त्यस्तै नमुना घर निर्माण गर्ने संस्था आइओएम, सिआइएन, विल्डप नेपालका प्रतिनिधी लगायत पत्रकारहरुको सहभागिता रहको थियो । 

WhatsApp-Image-2025-01-01-at-09.48.13_bbfe6cbd-1735727538.jpg

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update