रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा रहेको भेरीखोला लघु जलविद्युत उपभोक्ता समितिको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार उपभोक्ता समितिले नयाँ कार्यसमिति निर्माण गर्दै साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले खिमबहादुर ओलीको अध्यक्षता नयाँ कार्यसमिति निर्माण गरको छ ।
जसको सचिवमा उज्वल केसी, कोषाध्यक्षमा तुलसा सुनार चयन हुनुभएको छ । सदस्यहरुमा हरिहर खड्का, टेकबहादुर बुढाथोकी, नन्दराम बुढा, सरिता ओली खड्का, कर्णबहादुर कठायत चयन हुनुभएको छ । त्यस्तै बहादुर बढा र सशी सुनार पनि सदस्यमा चयन हुनुभएको हो ।
२०७१ सालमा पुर्व वडा अध्यक्ष गोप्यश्वर केसीको नेतृत्वमा उपभाेक्ता समिति निर्माण भइ वडाका सबै घरधुरीमा विद्युत लाइन पुर्याएको थियो । वडामा विद्युत लाइनमा सामान्य समस्या भएपनि वडामा निरन्तर विद्युत लाइन प्रसारण भइरहेकाे वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्तर’ ले जानकारी दिनुभयो ।
गाउँमा रहेर सामाजिक संस्थामा आवद्ध रहेर निःशुल्क सेवा गने ब्यक्तिलाई समाजले सम्मान तथा प्रोत्साहन गर्नुपर्ने उहाँको बताउनुभयो । वडाको तर्फबाट पनि सामाजिक सेवा गर्ने ब्यक्तिलाई सम्मान गर्ने वडा अध्यक्ष खड्काले बताउनुभयो । वडामा अझैसम्म केन्द्रिय प्रशारण लाइन पुग्न सकेको छैन् । स्थानीयले स्थानीय उत्पादन मार्फत विद्युत प्रयोग गरिरहेका छन् ।