Kakhara सबैको खबर सम्पूर्ण खबर
बुढुमष्ट क्षेत्र विकास कोषमा केसी
ध्रुवराज केसी ।

बुढमष्ट क्षेत्र विकास कोषमा ध्रुवराज केसी चयन हुनुभएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ५, स्थित कोषको पछिल्लो भेलाले केसीलाई अध्यक्षमा केसीलाई चयन गरेको हो । निवर्तमाण अध्यक्ष विरबहादुर केसी अध्यक्षतामा भएको भेलाले उहाँलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो ।

केसी यस अघि कोषको संरक्षक हुनुहुन्थ्यो । कोषको सदस्य सचिवमा गोपाल केसी, सदस्यमा विरबहादुर केसी, सुकराम देवकोटा, रामप्रसाद केसी, विपि रिजाल र तारक केसी चयन भएका छन् । आमन्त्रित सदस्यमा धर्मे कामी हुनुहुन्छ । कोषको सल्लाहकार समितिमा ३ जना राखिएको छ ।

सल्लाहकार संयोजकमा सुधिर शाह सदस्यमा धर्मबहादुर केसी र डिल्लीबहादुर केसीलाई चयन गरिएको छ । कोषले मन्दिरको समग्र विकासमा काम गर्दै आएको छ । विशेष गरी भौतिक पूर्वाधार निर्माण र व्यवस्थापनमा कोष सक्रिय छ । 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update