मारिङ बहुउद्देश्यीय सहकारी संस्थाको सातौं साधारण सभा सम्पन्न भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिकामा रहेको सहकारीले बुधबार सातौं साधारण सभा सम्पन्न गरेको हो । १६ सय ९२ जना शेयर सदस्य रहेको सहकारीलको ७७ लाख ७० हजार सात सय रुपैयाँ शेयर पुँजी रहेको छ। सहकारीकी कोषाध्यक्ष फोमाली बुढाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा संस्थाले ४४ लाख १३ हजार सात सय ३१ रुपैयाँ आम्दानी गरेको छ । भने सहकारीले ४० लाख २ हजार ६ सय ७८ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ । सहकारीले ४ लाख ११ हजार ५३ रुपैयाँ खुद नाफा गरेको कोषाध्यक्ष केसीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
सहकारीका अध्यक्ष रामसुर बुढाको अध्यक्षता भएको साधारण सभामा जिल्ला समन्वय समिति अध्यक्ष मेघबहादुर श्रेष्ठको प्रमुख तथा भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ र जिल्ला सहकारी संघ रुकुम पूर्वका अध्यक्ष वसन्त कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । साधारण सभा कार्यक्रमको सञ्चालन सहकारी व्यवस्थापक सन्दिप अधिकारीले गर्नुभएको थियो ।