रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ५ बडागाउँमा बृहत खेलकुद तथा सांस्कृतिक मेला लाग्ने भएको छ । माघ १ गतेदेखि ३ गतेसम्म माघे संक्रान्तिको अवसरमा मेला लाग्ने भएको हो । मेलाको अवसरमा खुला शुद्ध वडा स्तरिय पुरुष भलिबल, एकल नृत्य, धनुषवाण, घैटोफोर र श्रीमानले श्रीमतीलाई बोक्ने दौड प्रतियोगिता आयोजना गरिएको माघे संक्रान्ति मेला आयोजक समितिका अध्यक्ष राजकुमार विष्टमगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समुहले नगद ५० हजार, दोस्रो स्थान प्राप्त गर्ने समुहले ३० हजार र तेस्रो स्थान प्राप्त गर्ने समुहले २० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । स्थान प्राप्त गर्ने समुहलाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको अध्यक्ष विष्टले जानकारी दिनुभयो । दर्ता शुल्क ५ हजार रहेको छ ।
एकल नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई १० हजार, दोस्रो स्थान हासिल गर्नेलाई ५ हजार र तेस्रो स्थान हासिल गर्नेलाई ३ हजार पुरस्कार सहित प्रमाणपत्र ब्यवस्था गरिएकाे छ । दर्ता शुल्क १ हजार रहेको छ । त्यस्तै श्रीमानले श्रीमतीलाई बोक्ने दौड प्रतियोगितामा विजता हुनेलाई २ हजार सहित प्रमाणपत्रको व्यवस्था गरिएको सांस्कृतक संयोजक रतन शाहीले जानकारी दिनुभयो । दर्ता शुल्क २ सय रहेको छ ।
त्यस्तैगरी धनुषवाण प्रतियोगितामा विजेता हुने ब्यक्तिलाई १५ सय पुरस्कार सहित प्रमाणपत्र ब्यवस्था गरिएकाे छ । दर्ता शुल्क १ सय ५० रहेको छ । घैटोफोर प्रतियोगितामा विजता हुनेलाई १ हजार पुरस्कार रहेको छ । भने दर्ता शुल्क एक सय रहेको छ । मेलामा विभिन्न पन्चे बाजाहरुको साथमा सांस्कृतिक कार्यक्रम संचालन गरिने सांस्कृतिक संयोजक शाहीले जानकारी दिनुभयो । भलिबल खेल तथा नृत्य प्रतियोगितामा सहभागि हुन पुस २६ गते साँझसम्म नाम दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ ।