Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा २ सय ४८ जनाले कोरोना जिते  

रुकुम पश्चिममा २ सय ४८ जनाले कोरोना भाईरसलाई जितेका छन् । नयाँ भेरियन्ट सहितको संक्रमण फैलिएपछि जिल्लामा वैशाख पहिलो सातादेखि अहिलेसम्म ८ सय ८५ जनामा संक्रमण देखिएकामा जसमध्य २ सय ४८ जनाले कोराना जित्न सफल भएका हुन् । 

सबैभन्दा बढी जिल्ला अस्पताल र मुसीकोट नगरपालिकामा ९५ जना कोरोना मुक्त भएको स्वास्थ्यका लागि सक्षम प्रणालीका हेल्थ इमर्जेन्सी अफिसर वासुदेव सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार चौरजहारी नगरपालिकामा ९३ जना, आठबीसकोट नगरपालिकामा २८ जना, त्रिवेणि गाउँपालिकामा २३ जना, सानीभेरी गाउँपालिकामा ५ जना तथा बाँफिकोट गाउँपालिका र चौरजहारी अस्पतालबाट २÷२ जना कोरोना संक्रमित निको भएका हुन् । 

अव जिल्लामा ५ सय ६१ जना सक्रिय कोरोना संक्रमितहरु रहेका छन् । जसमध्य ५५ जनाको स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा आईसोलेसन र अस्पतालहरुमा उपचार भइरहेको छ । जिल्ला अस्पतालमा ३० जना, चौरजहारी अस्पतालमा ९ जना, त्रिवेणि गाउँपालिकाको आईसोलेसनमा ८ जना, चौरजहारी नगरपालिकाको आईसोलेसनमा ५ जना, आठबीसकोटको आईसोलेसनमा २ जना र सानीभेरी गाउँपालिकाको आईसोलेसनमा १ जनाको उपचार भइरहेको छ । 

अन्य ५ सय ६ जना संक्रमितहरु भने होम आईसोलेसनमा रहेको हेल्थ इमर्जेन्सी अफिसर सापकोटाले बताउनुभयो । यसका साथै जिल्लाबाट हालसम्म २७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ भने १४ जना संक्रमितको मृत्यु भइसकेको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update